Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

‘आमासमूहसँग उपमेयर’ कार्यक्रम सञ्चालन


२७ जेठ, म्याग्दी । महिलालाई आत्मनिर्भर बनाउन म्याग्दीको बेनी नगरपालिकाले ‘आमासमूहसँग उपमेयर’ कार्यक्रम सञ्चालन गरेको छ ।

आमासमूहलाई परिचालन गरेर महिलाको आर्थिक र सामाजिक सशक्तीकरण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ । महिलालाई आर्थिकरुपमा सक्षम, आत्मनिर्भर, स्वावलम्बी बनाउँदै सामाजिकरुपमा सशक्तीकरण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले बताइन् ।

“समुदायस्तरमा महिला सशक्तीकरण र सामाजिक कामको अगुवाइ गरिरहेका आमासमूहसँग समन्वय गरेर महिलालाई स्थानीय स्रोत, साधन र सम्भावना भएको उद्यम व्यवसायी गरी आयआर्जनका काममा संलग्न गराउन खोजेका छौँ”, उनले भनिन् ।

महिला आर्थिकरुपमा सक्षम भएमा हिंसा न्यूनीकरण हुनुका साथै रोजगारीको सिर्जना भई आत्मनिर्भर हुने भएकाले महिलालाई समाजमा अगाडि ल्याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको उपप्रमुख लामिछानेको भनाइ थियो । उनका अनुसार दुई वटा वडाका तीन/तीन वटा आमासमूहले आयआर्जन र सीपमूलक काम सुरु गरेका छन् ।

नगर उपप्रमुख लामिछानेको प्रस्तावमा कार्यपालिकाको पहिलो बैठकले उक्त कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो । चालु आर्थिक वर्षमा रू २० लाख विनियोजन भएकामा कार्यक्रमका लागि नगरपालिकाले वडा नं ३ र ९ लाई छनोट गरेको छ ।

बेनपा–३ को स्वर्गाश्रम, बेलढुङ्गा र मण्डली आमासमूहले स्थानीय जातका कुखुरापालन सुरु गरेका छन् । तीन वटा समूहमा आबद्ध ३५ जनालाई खोर निर्माणका लागि अनुदानका साथै कुखुरापालन सम्बन्धी तालिम र चल्ला वितरण गरिने वडा नं ३ का वडाध्यक्ष रत्न जिसीले बताए ।

वडा नं ९ को गलेश्वर आमासमूहमा आबद्ध २० जना महिलाहरुका लागि शुक्रबारदेखि चप्पल बनाउने तालिम सुरु भएको छ । नेप्टेचौरमा ढालमोड, नेमकिन र तोरीपानीमा आलुको चिप्स बनाउने तालिम शनिबारदेखि सुरु भएको वडाअध्यक्ष चक्र केसीले बताए ।

“सामाजिक समस्याका रुपमा देखिएको लागुऔषध दुव्र्यसनी न्यूनीकरणका लागि टोलस्तरमा सचेतनामूलक कार्यक्रम गरिएको छ । घतानका १७ आमासमूहलाई तीन वटा समूहको कार्यक्रममा आबद्ध गराएका छौँ”, उनले भने ।

तालिममा सहभागी महिलालाई व्यवसाय गर्न कच्चापदार्थ, सामग्री र औजार सहयोग गर्नुका साथै बजारीकरणमा सघाउने नगरपालिकाले जनाएको छ ।


प्रकाशित मिति: २७ जेष्ठ २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?