Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

माछा मार्नेक्रममा करेन्ट छाड्दा युवकलाई नै करेन्ट लागेपछि…


२७ जेठ, गुल्मी । खोलामा माछा मार्नेक्रममा पानीमा करेन्ट छाड्दा युवकलाई नै करेन्ट लागेर मृत्यु भएको छ । मुगुको छायाँनाथ रारा नगरपालिका वडा १ र ४ मा पर्ने भट्टेचौर खोलामा माछा मार्नलाई प्रयोग गरिएको करेन्ट लगाउने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो ।

छायाँ नाथरारा नगरपालिका वडा –४ भाम वाडा घर भएका १८ वर्षीय सञ्जय भामको शुक्रबार मृत्यु भएको हो । सोलारमा प्रयोग हुने ब्याट्री १२ भोल्टको इन्भर्टरबाट उत्पादन भएको करेन्टले खोलामा माछा मार्न गएका भामको दिउँसो २ बजेतिर खोलामा करेन्ट लागेर बेहोस भएपछि उनको जिल्ला अस्पताल मुगुमा उपचारका लागि लगिएको थियो ।

उपचारका लागि अस्पताल लग्नेक्रममा उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुदर्शन पन्तले बताए । शव पोष्टमार्टनमका लागि जिल्ला अस्पताल मुगुमा राखिएको छ । माछा मार्न प्रयोग गरिएका ब्याट्री र इन्भर्टर प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।


प्रकाशित मिति: २७ जेष्ठ २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?