Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

इमर्जिङ टिम्स एसिया कपमा भाग लिने नेपाली महिला क्रिकेट टोलीको बिदाइ


२७ जेठ, काठमाडाैँ । हङकङमा जुन १२ देखि २१ तारिखसम्म आयोजना हुने एसीसी महिला टी–२० इमर्जिङ टिम्स एसिया कपमा भाग लिने नेपाली टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले शनिबार नेपाली महिला क्रिकेट टोलीको बिदाइ गरेको हो ।

प्रतियोगिताका लागि क्यानले शुक्रबार मात्र रूविना क्षेत्रीको कप्तानीमा नेपाली महिला टोलीको घोषणा गरेको थियो । यस प्रतियोगितामा अन्तिममा थाइल्यान्डले भिसा समस्याका कारण भाग नलिएपछि नेपलालाई सहभागिताको मौका दिइएको हो ।

प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । यस समूहमा नेपालसहित हङकङ, भारत र पाकिस्तानका रहेका छन् । प्रतियोगितामा नेपालले पहिलो खेल जुन १३ मा पाकिस्तान, १५ मा भारत र १७ मा हङकङसँग खेल्नेछ । यस्तै समूह ‘बी’ मा मलेसिया, संयुक्त अरब इमिरेट्स (युएई), बंगलोदश र श्रीलङ्का रहेको छ ।समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।


प्रकाशित मिति: २७ जेष्ठ २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?