Trending
>>   रवि लामिछानेको अभियोगपत्र संशोधनसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’ मा मंगलबारका लागि सारियो >>   विश्वविद्यालयमा तालाबन्दी अन्त्य र ‘सेन्ट्रल स्कलरसिप पोर्टल’ नेविसंघको नयाँ एजेण्डा >>   नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक >>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर)
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

इमर्जिङ टिम्स एसिया कपमा भाग लिने नेपाली महिला क्रिकेट टोलीको बिदाइ


२७ जेठ, काठमाडाैँ । हङकङमा जुन १२ देखि २१ तारिखसम्म आयोजना हुने एसीसी महिला टी–२० इमर्जिङ टिम्स एसिया कपमा भाग लिने नेपाली टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले शनिबार नेपाली महिला क्रिकेट टोलीको बिदाइ गरेको हो ।

प्रतियोगिताका लागि क्यानले शुक्रबार मात्र रूविना क्षेत्रीको कप्तानीमा नेपाली महिला टोलीको घोषणा गरेको थियो । यस प्रतियोगितामा अन्तिममा थाइल्यान्डले भिसा समस्याका कारण भाग नलिएपछि नेपलालाई सहभागिताको मौका दिइएको हो ।

प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । यस समूहमा नेपालसहित हङकङ, भारत र पाकिस्तानका रहेका छन् । प्रतियोगितामा नेपालले पहिलो खेल जुन १३ मा पाकिस्तान, १५ मा भारत र १७ मा हङकङसँग खेल्नेछ । यस्तै समूह ‘बी’ मा मलेसिया, संयुक्त अरब इमिरेट्स (युएई), बंगलोदश र श्रीलङ्का रहेको छ ।समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।


प्रकाशित मिति: २७ जेष्ठ २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?