एजेन्सी । टर्कीका सुरक्षा बलहरूले २७ प्रान्तहरूमा एकैसाथ सञ्चालन गरिएका १४४ कागजात नभएका आप्रवासीहरूलाई पक्राउ गरेको देशका आन्तरिक मन्त्री अली येर्लिकायाले बताएका छन् । इस्तानबुल, गाजियान्टेप, मर्सिन, अदाना र सान्लिउर्फा लगायत प्रमुख महानगरीय क्षेत्रहरूमा ८ हजार ३२२ व्यक्तिहरूको पहिचान जाँच गरिएको थियो । जसको परिणामस्वरूप १४४ कागजात नभएका आप्रवासीहरूको पहिचान
काठमाडौ । महाशिवरात्रि पर्वको दिन नजिकिएसँगै पशुपति क्षेत्रलाई साजसजावट गरेर आकर्षक बनाउन थालिएको छ । पशुपति क्षेत्रका वनकाली, भुवनेश्वरी, मुख्य मन्दिर क्षेत्र, घाट क्षेत्र, राममन्दिर, मृगस्थलीलगायतको स्थान झिलिमिलि बत्तीले सिँगारिएको छ । बत्तीका कारण रातभर पशुपति क्षेत्र जाज्वल्यमान देखिन थालेको छ । विभिन्न स्थानमा नेपालको झन्डा आकारमा बनाइएका बत्तीले भक्तजनलाई
काठमाडौँ। आज अर्थ समितिको बैठक बस्दैछ । बैठक बिहान १० बजे बस्नेछ । आजको बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर संशोधनकर्ता सदस्यहरुसँग छलफल हुनेछ ।
निजगढ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नेपाललाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति रहेको बताएका छन् । नेपाल जेसिजले बाराको सिमरामा आयोजना गरेको ‘लोम लिडर्स एकेडेमी २०२५’ को उद्घाटन समारोहमा उहाँले पर्याप्त युवा जनशक्ति भएर पनि देश आर्थिक विकास र पूर्वाधार निर्माणको पक्षमा पछि परेकामा चिन्ता व्यक्त गरे ।
सप्तरी । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा जारी कुम्भमेलाबाट घर फर्किएका यहाँका चार जनाको सवारी दुर्घटना मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन् । उत्तर प्रदेशका गोरखपुर लिङ्क रोडमा भएको दुर्घटनामा कञ्चनरूप नगरपालिका– ७ का ६५ वर्षीय परशुराम चौधरी, ६४ वर्षीया लिलावती चौधरी, वडा नम्बर– ५ की ५५
लेखनाथ । नेपाली कांग्रेसका नेता शशाङ्क कोइरालाले राज्य सञ्चालन गर्ने क्रममा संविधान कार्यान्वयनलाई सहज बनाउन सहमतिका आधारमा संशोधन गर्नुपर्नेमा जोड दिएका छन् । नेपाली कांग्रेस पेसागत तथा बुद्धिजीवी विभाग र नेपाली कांग्रेस गण्डकी प्रदेशद्वारा आज पोखरामा आयोजित ‘संविधान संशोधनः आवश्यकता र चुनौती’ विषयक गण्डकी प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उनले
महोत्तरी । मधेसको महोत्तरीसहितका प्राचीन मिथिलाक्षेत्र अहिले भक्ति र समर्पणका दुई महापर्वमा जुटेको छ । जहाँ अहिले महाशिवरात्रि पर्व र मिथिलाको महाकुम्भ भनिने मिथिला माध्यमिकी परिक्रमाको तयारी छ । फागुन कृष्णपक्षको त्रयोदशी तिथिका दिन मनाइने महाशिवरात्रि पर्व र दुई दिनलगत्तै औँसीका दिन सुरु हुने १५ दिने मिथिला माध्यमिकी परिक्रमाको तयारीमा
काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायूको प्रभाव रहेको छ। हाल कोशी प्रदेश लगायत देशका पहाडी भु-भागमा आंशिक रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ । तराईका केही स्थानहरुमा हुस्सु लागेको छ । आज कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी
आज मिति २०८१ साल फागुन ११ गते आइतबार(2३ Feb,2025) फाल्गुण कृष्णपक्ष दशमी १०:३३ बजेसम्म, त्यसपछी एकादशी मेष – परिस्थितिसँग सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। प्रतिष्ठा जोगाउन सफल भइनेछ। व्यापार व्यावसायमा लगानी गरी मनग्य नाफा कमाउन सकिनेछ भने सरकारी स्रोत साधन प्रयोग गर्न पाइने योग रहेकोछ । पैत्रिक धन
ताप्लेजुङ । ‘नो केबलकार समूह’ले आयोजना गरेको पदयात्रामा सहभागी बनेर फर्कँदै गरेका राष्ट्रिय मुक्ति पार्टी (नेपाल) का अध्यक्ष राजेन्द्र महतोलाई ताप्लेजुङका स्थानीय बासीले कालो झन्डा देखाएका छन् । केबलकारको विरोधमा विभिन्न जिल्लाबाट पुगेकाहरूको साथमा गएका महतोले जिल्लाको शान्ति सुरक्षामा खलबल पुर्याउनुका साथै समाज भाँड्ने काम गरेको आरोप लगाउदै ताप्लेजुङवासीले महतोलाई