Trending
>>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

देशलाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति : स्वास्थ्यमन्त्री पौडेल


निजगढ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नेपाललाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति रहेको बताएका छन् । नेपाल जेसिजले बाराको सिमरामा आयोजना गरेको ‘लोम लिडर्स एकेडेमी २०२५’ को उद्घाटन समारोहमा उहाँले पर्याप्त युवा जनशक्ति भएर पनि देश आर्थिक विकास र पूर्वाधार निर्माणको पक्षमा पछि परेकामा चिन्ता व्यक्त गरे । मन्त्री पौडेलले परनिर्भरताको मनोविज्ञानलाई त्यागेर देशभित्रै भएको शक्तिलाई प्रयोग गर्ने सामथ्र्य विकास गर्नु अपरिहार्य भइसकेको बताए ।

‘युवा जनशक्तिको गन्तव्य अन्य देश हुनु अहिलेको जटिल समस्या हो । युवालाई देशभित्रै बस्ने वातावरण निर्माण गर्नु उद्यमशीलतामा जोड दिनुपर्छ । यसका लागि व्यवसायमैत्री नीति बनाएर विदेशी लगानी भित्र्याउने, स्वदेशको रकम स्वदेशमै लगानी गर्ने र युवा जनशक्तिका लागि रोजगारीको अवसर सिर्जना गर्नतर्फ सबै गम्भीर भएर लागौँ”, उनले भने ।

राज्यले लगानी गरेर उत्पादन गरेको प्राविधिक जनशक्तिसमेत विदेसिने क्रम बढिरहेको भन्दै मन्त्री पौडेलले राज्यको नीतिगत क्षेत्रमा युवाको उपस्थिति अपरिहार्य रहेकामा जोड दिए । उनल.े युवा नेतृत्व निर्माणका क्षेत्रमा काम गर्दै आएको जेसिजलाई व्यक्तित्व विकाससँगै नीतिगत क्षेत्रमा केन्द्रित भएर काम गर्ने जनशक्ति उत्पादन गर्न सुझाव दिए ।सिमरा जेसिजको समन्वयमा आयोजित एकेडेमीमा देशका १८१ शाखाका प्रतिनिधि सहभागी हुने नेपाल जेसिजकी अध्यक्ष रजनी थापाले जानकारी दिईन् ।


प्रकाशित मिति: ११ फाल्गुन २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?