Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
९ माघ २०८२, शुक्रबार
९ माघ २०८२, शुक्रबार

देशलाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति : स्वास्थ्यमन्त्री पौडेल


निजगढ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नेपाललाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति रहेको बताएका छन् । नेपाल जेसिजले बाराको सिमरामा आयोजना गरेको ‘लोम लिडर्स एकेडेमी २०२५’ को उद्घाटन समारोहमा उहाँले पर्याप्त युवा जनशक्ति भएर पनि देश आर्थिक विकास र पूर्वाधार निर्माणको पक्षमा पछि परेकामा चिन्ता व्यक्त गरे । मन्त्री पौडेलले परनिर्भरताको मनोविज्ञानलाई त्यागेर देशभित्रै भएको शक्तिलाई प्रयोग गर्ने सामथ्र्य विकास गर्नु अपरिहार्य भइसकेको बताए ।

‘युवा जनशक्तिको गन्तव्य अन्य देश हुनु अहिलेको जटिल समस्या हो । युवालाई देशभित्रै बस्ने वातावरण निर्माण गर्नु उद्यमशीलतामा जोड दिनुपर्छ । यसका लागि व्यवसायमैत्री नीति बनाएर विदेशी लगानी भित्र्याउने, स्वदेशको रकम स्वदेशमै लगानी गर्ने र युवा जनशक्तिका लागि रोजगारीको अवसर सिर्जना गर्नतर्फ सबै गम्भीर भएर लागौँ”, उनले भने ।

राज्यले लगानी गरेर उत्पादन गरेको प्राविधिक जनशक्तिसमेत विदेसिने क्रम बढिरहेको भन्दै मन्त्री पौडेलले राज्यको नीतिगत क्षेत्रमा युवाको उपस्थिति अपरिहार्य रहेकामा जोड दिए । उनल.े युवा नेतृत्व निर्माणका क्षेत्रमा काम गर्दै आएको जेसिजलाई व्यक्तित्व विकाससँगै नीतिगत क्षेत्रमा केन्द्रित भएर काम गर्ने जनशक्ति उत्पादन गर्न सुझाव दिए ।सिमरा जेसिजको समन्वयमा आयोजित एकेडेमीमा देशका १८१ शाखाका प्रतिनिधि सहभागी हुने नेपाल जेसिजकी अध्यक्ष रजनी थापाले जानकारी दिईन् ।


प्रकाशित मिति: ११ फाल्गुन २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?