Trending
>>   आज मिति २०८२ साल भदौ ०२ गते सोमबार,हेर्नूहोस् आजको राशिफल >>   पल्सर स्पोर्ट्स अवार्ड, २०८१ को पिपल्स च्वाइसको मनोनयनमा पाँच खेल विधाका खेलाडी >>   दुर्गममा काज खटाउँदा जान नमान्ने कर्मचारीको नाम सार्वजनिक गर्छौंः मन्त्री न्यौपाने >>   ५९ वटा स्थानीय तहले समयमा नै बजेट ल्याउन सकेनन् >>   प्रधानमन्त्रीको प्रतिवद्धताः प्रतिगमनकारी कुनै कानूनको मस्यौदा संसदमा पठाउँदैनौँ >>   साफ महिला यु–१७ च्याम्पियनसिप जित्छौंः प्रशिक्षक श्रेष्ठ >>   सडक सुरक्षाको दीर्घकालिन योजनाको काम सरकारले कहिलेदेखि थाल्छ:निशा डाँगी >>   आगामी वर्षदेखि नोटबाहेक सबै छपाई सम्बन्धी काम सुरक्षण मुद्रण केन्द्रले गर्छः सञ्चारमन्त्री >>   परराष्ट्रमन्त्री डा. राणा र भारतीय विदेश सचिव मिश्रीबीच भेट >>   सरकारका कदमहरु सुशासनका विरुद्धमाः माओवादी उपाध्यक्ष भुसाल
Logo
१ भाद्र २०८२, सोमबार
१ भाद्र २०८२, सोमबार

महाशिवरात्रि नजिकिंदा मिथिला महाकुम्भ यात्राको तयारी


महोत्तरी । मधेसको महोत्तरीसहितका प्राचीन मिथिलाक्षेत्र अहिले भक्ति र समर्पणका दुई महापर्वमा जुटेको छ । जहाँ अहिले महाशिवरात्रि पर्व र मिथिलाको महाकुम्भ भनिने मिथिला माध्यमिकी परिक्रमाको तयारी छ ।

फागुन कृष्णपक्षको त्रयोदशी तिथिका दिन मनाइने महाशिवरात्रि पर्व र दुई दिनलगत्तै औँसीका दिन सुरु हुने १५ दिने मिथिला माध्यमिकी परिक्रमाको तयारीमा मैथिल (मिथिलाका बासिन्दा) छन् । यसपालि आउने बुधबार महाशिवरात्रि पर्व मनाइने र त्यसको दुई दिनपछि शुक्रबार मिथिला माध्यमिकी परिक्रमा सुरु गरिँदै छ ।

‘फूल र बेलपत्र चढाएर माध्यमिकी यात्रा पूरा गर्ने याचना गर्नु छ’, महाशिवरात्रि पर्वलगत्तै मिथिला माध्यमिकी परिक्रमाको तयारीमा रहनुभएका भङ्गाहा–४ रामनगरका ६५ वर्षीय लाली महतो भन्छन् । महतोकै जस्तो अहिले महाशिवरात्रि पर्वका लागि महोत्तरी जिल्लाका गाउँगाउँमा बुँदे महापर्वबारे चासो र चर्चा बढेको छ । यसैगरी शिवालयमा पनि अहिले उत्सवको तयारी बढेको छ । जिल्लाका सबैजसो शिवालय अहिले पर्वविशेषमा सरसफाइसँगै रङरोगन गरिँदैछन् ।

सदरमुकाम जलेश्वर–१ स्थित जलेश्वरनाथ, बर्दिवास–५ टुटेश्वरस्थित टुटेश्वरनाथ, भङ्गाहा–५ स्थित सिद्धनाथ, सोनमा–७ मगरथानास्थित मङ्गलनाथ र सम्सी गाउँपालिकाको गेढाभेटपुरस्थित धष्नेश्वरनाथसहितका शिवालयमा महाशिवरात्रि पर्वको चहलपहल बढेको छ । यसैगरी बर्दिबास–१४ स्थित कामेश्वरनाथ र बर्दिबास–३ राइमण्डलस्थित इन्द्रेश्वरनाथ महादेव मन्दिरमा पनि पर्वको तयारीले चहलपहल बढाएको छ । यी शिवालयमा महाशिवरात्रि पर्वका लागि मन्दिर व्यवस्थापन र सर्वसाधारण आवश्यक तयारीमा जुटेका छन् । महाशिवरात्रि पर्वका लागि स्थानीय तयारी थालिएको टुटेश्वरनाथ मन्दिर मेला व्यवस्थापन समितिका संयोजक तथा बर्दिबास–५ का वडाध्यक्ष काहारमान स्याङ्वाले जानकारी दिए ।

मिथिलामा फागुन कृष्ण द्वादशीदेखि चतुर्दशीसम्म महाशिवरात्रि मेला आयोजन गरिने परम्परा छ । पर्व नजिकिएसँगै पर्वविशेषमा हुने किनबेचका सामग्री अहिले मन्दिर परिसर नजिक सजाइन थालिएका छन् । पर्वविशेषमा भाकलको भाण्टाभार, बेलपत्र र फूलपाती बेचेर केही आर्जन गर्ने जोहोमा सर्वसाधारण लागेका छन् । यसपालि महाशिवरात्रि पर्वमा १० हजार भाण्टाका भार बेच्ने तयारी गरेको भङ्गाहा–४ रामनगरका बहुरा महतो बताउँछन् ।

मिथिलामा महाशिवरात्रि पर्व सम्पन्न गरिएलगत्तै दुई दिनपछि सुरु हुने फागुन शुक्लपक्षभरि मिथिला माध्यमिकी परिक्रमाको उत्सव मनाइन्छ । फागुन औँसीकै दिन सुरु हुने मिथिला माध्यमिकी परिक्रमामा महोत्तरी, धनुषा र छिमेकी मित्रराष्ट्र भारतको मधुवनी जिल्लासहित एक सय ३३ किलोमिटरको वृत्तभित्र १५ ठाउँमा रात्रिबास गरेर मिथिला माध्यमिकी परिक्रमा सम्पन्न गरिने परम्परा छ । अहिले आफ्नो ठाउँमा महाशिवरात्रि र मिथिला माध्यमिकी परिक्रमाको पाँचौँ दिनको रात्रि विश्रामको चाँजो मिलाउन अन्तिम तयारी भइरहेको जलेश्वर नगरप्रमुख सुरेश साह सोनारको भनाइ छ ।


प्रकाशित मिति: ११ फाल्गुन २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?