ताप्लेजुङ । ‘नो केबलकार समूह’ले आयोजना गरेको पदयात्रामा सहभागी बनेर फर्कँदै गरेका राष्ट्रिय मुक्ति पार्टी (नेपाल) का अध्यक्ष राजेन्द्र महतोलाई ताप्लेजुङका स्थानीय बासीले कालो झन्डा देखाएका छन् ।
केबलकारको विरोधमा विभिन्न जिल्लाबाट पुगेकाहरूको साथमा गएका महतोले जिल्लाको शान्ति सुरक्षामा खलबल पुर्याउनुका साथै समाज भाँड्ने काम गरेको आरोप लगाउदै ताप्लेजुङवासीले महतोलाई कालो झण्डा देखाएका हुन्।
प्रकाशित मिति: १० फाल्गुन २०८१, शनिबार