Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

होली मनाउन शुरु, वसन्तपुर चीर पूजा गर्नेको भीड


होली मनाउन शुरु, वसन्तपुर चीर पूजा गर्नेको भीड

काठमाडौँ । नेपालीहरुको हर्षोल्लासको पर्व होली मनाउन शुरु गरिएको छ ।

आज बिहानैबाट काठमाडौं उपत्यकासहित देशभर होली मनाउन शुरु गरिएको हो । फागु पूर्णिमाका दिन मनाइने होली यस वर्ष पनि हर्षोल्लासका साथ मनाउने गरिन्छ । काठमाडौं वसन्तपुरमा होली मनाउनका लागि मानिसहरु उपस्थित हुन थालेका छन् । वसन्तपुरसहित टुँडिखेल लगायतका स्थानमा होली मनाउन मानिसहरु उपस्थित हुन थालेका छन् । साथै वसन्तपुर दरबार क्षेत्रमा चीर ठड्याएर हप्ता दिनअघि शुरु गरिएको चीर पूजा गर्ने मानिसहरुको यतिबेला भीड छ । आज फागु पूर्णिमाको अवसरमा देशका पहाडी भूभागमा होली खेलेर मनाइँदैछ ।

आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ । असत्यमाथि सत्यको विजयको प्रतिक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रूपमा पनि यो पर्व मनाउने प्रचलन छ । एक, अर्काबीचमा रङ दलेर होली पर्व मनाउने गरिन्छ । यतिबेला काठमाडौंका विभिन्न होली हर्षोल्लासमय समय छ ।


प्रकाशित मिति: १८ फाल्गुन २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?