५ वैशाख, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संयुक्त राष्ट्रसङ्घका उपमहासचिव एवं एसिया तथा प्यासिफक आर्थिक तथा सामाजिक आयोग (एस्क्याप) कार्यकारी सचिव अर्मिदा सलसिह अलिसझावनाले आज शिष्टाचार भेट गरेकी छन् । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा उहाँहरुबीच नेपाल र एस्क्यापबीच साझेदारीका विभिन्न विषयमा विचारविमर्श भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
५ वैशाख, काठमाडाैँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले मुलुक बनाउने हो भने सहरभन्दा पहिले गाउँ बनाउनुपर्ने बताएकी छन् । प्रतिनिधिसभाको आजको बैठकमा सभामुखसँग समय लिएर बोल्दै उनले भूमिहीन नागरिकले जमिन पाउनुपर्ने र गाउँलाई सम्पन्न बनाउनैपर्ने बताएकी हुन् । काठमाडौँ उपत्यकाभित्रै बसोबास गर्ने हजाराैं नागरिक अझै पनि भूमिहीन
५ वैशाख, भक्तपुर । भक्तपुरमा सहकारी संस्थाका प्रबन्ध निर्देशकलाई जुत्ताको माला लगाइएको छ । भक्तपुरको मध्यपुर थिमि नगरपालिका-३ गठ्ठाघरमा १२ बर्षदेखि संचालनमा रहेको रहेको कृषि विकास तथा ऋण सहकारी संस्थाले बचत फिर्ता नदिएको भन्दै संस्थाका प्रबन्ध निर्देशकलाई मंगलबार जुत्ताको माला लगाएका हुन् । उक्त कार्यमा संलग्न पाँचजनालाई प्रहरीले पक्राउ गरेको
५ वैशाख, काठमाडौं । एसिसी प्रिमियर कप अन्तर्गतको आज भएको खेलमा हङकङले सिङ्गापुरलाई आठ विकेटले पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुआत गरेको छ । मूलपानी क्रिकेट मैदानमा भएको खेलमा सिङ्गापुरले दिएको १७५ रनको लक्ष्य हङकङले ३३ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । हङकङका लागि बाबर हायातले ९४ बलमा १०८ रनको शतकीय
५ वैशाख, काठमाडाैँ । देशभर १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गरिएको परीक्षणबाट १७१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा २२९२ जनाको नमुना परीक्षण गरिएकाेमा पिसिआर विधिबाट १०५ तथा एन्टिजेन विधिबाट ६६ जनामा संक्रमण पुष्टि भएको
५ वैशाख, काठमाडाैँ । राष्ट्रिय मानव अधिकार आयोगले काठमाडौँको शान्ति वाटिकामा धर्नामा बसेका ‘मिटरब्याज’ पीडितमाथि बल प्रयोग नगर्न आग्रह गरेको छ । नागरिकको शान्तिपूर्ण रुपमा भेला हुने र आफ्ना विचार राख्न पाउने अधिकारको सम्मान र संरक्षण गर्न, प्रदर्शनकारीमाथि अत्यधिक बल प्रयोग नगर्न आयोगले सरकारसँग आग्रह गरेको हो । आयोगका प्रवक्ता डा
५ वैशाख, काठमाडाैँ । घरेलु मैदानमा आजदेखि सुरु भएको एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले मलेसियामाथि सहज जित निकालेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा समूह ‘ए’ मा रहेको नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको हो । मलेसियाले जितका लागि दिएको २३६ रनको चुनौती नेपालले ३६ दशमलव २
५ वैशाख, काठमाडाैँ । पुँजी बजारमा आज सामान्य अङ्कको गिरावट देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक तीन दशमलव ०७ अङ्कले घटेर एक हजार नौ सय चार दशमलव ९८ को बिन्दुमा कायम भएको हो । आज दुई सय ६६ वटा कम्पनीका २९ लाख ७५ हजार नौ सय २० कित्ता शेयर
५ वैशाख, काठमाडाैँ । विभिन्न मुलुकका जेलमा रहेका नेपालीको उद्दारका लागि संसदमार्फत् सरकारको ध्यानाकर्षण गराइएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद ज्ञानेन्द्रबहादुर कार्कीले विभिन्न मुलुकमा पुगेका नेपाली कामदारलाई सहज रुपमा काम गर्ने वातावरण निर्माण र उनीहरुको सुरक्षाका लागि सरकारले पहल गर्नुपर्ने बताएका हुन् । “हाम्रो मुलुकको अर्थतन्त्रमा वैदेशिक रोजगारमा रहेका नेपालीहरुको
५ वैशाख, एजेन्सी। पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा आज बिहान भएको सवारी दुर्घटनमा पाँच जनाको मृत्यु भएको छ भने अन्य २५ जना घाइते भएका छन् । प्रान्तको सुक्कुर जिल्लामा यात्रीबाहक दुई वटा एकापसमा ठोक्किदा उक्त हताहति भएको हो । पूर्वी पञ्जाब प्रान्त गइरहेका एसटा बस र पञ्वाबबाट आइरहेको अर्को बस राष्ट्रिय राजमार्गमा