Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

साताको पहिलो दिन नै दोहोरो अङ्कले ओरालो लाग्यो शेयर बजार


३१ वैशाख, काठमाडाैँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६ दशमलव ९६ अङ्कले ओरालो लागेर एक हजार आठ सय २१ दशमलब ६४ मा सीमित भएको छ ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ५२ अङ्कले ओरालो लागेर तीन सय ४९ दशमलब ५८ मा सीमित भएको छ । कारोबार भएका कूल १३ वटै उपसमूहमध्ये एक उपसमूहको शेयर मूल्यमा सामान्य वृद्धि भएको छ, भने १२ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । कूल २७ लाख ८८ हजार आठ सय १५ कित्ता शेयर रु ९० करोड पाँच लाख ६३ हजार आठ सय ५६ मा कारोबार भयो ।

कारोबारका आधारमा नागरिक लगानी कोष शीर्ष स्थानमा छ । सो कम्पनीको रु पाँच करोड ३५ लाख ७५ हजार सात सय ८१ बराबरको कारोबार भयो । हिमालयन डिस्टिलरी रु चार करोड ५९ लाख ६९ हजार एक सय ८९, एनआइसी एशिया बैंक रु चार करोड ५७ लाख ५४ हजार सात सय चार, शिवम् सिमेन्ट रु तीन करोड ६० लाख ७१ हजार पाँच सय ९० र नबिल बैंक रु तीन करोड सात लाख ९० हजार आठ सय एक बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार ओरालो लागेको बजारमा आत्मनिर्भर लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । नागरिक लगानी कोष तीन दशमलव ९३, मिथिला लघुवित्त तीन दशमलब ८६, बाराही हाइड्रोपावर तीन दशमलब ७८ र स्वाभिमान लघुवित्तको शेयर मूल्य तीन दशमलब शून्य पाँच प्रतिशतले बढेको छ ।

यस्तै, राष्ट्र उत्थान लघुवित्त छ दशमलव ३७, दोर्दीखोला जलविद्युत् पाँच दशमलव ९२, हिमालयन ऊर्जा विकास कम्पनी पाँच दशमलब ७०, श्वेतगङ्गा हाइड्रोपावर पाँच दशमलब २३ र कृषि विकास बैंकको शेयर मूल्य पाँच दशमलव शून्य दुई प्रतिशतले घटेको छ ।


प्रकाशित मिति: ३१ बैशाख २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?