Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

टी–२० विश्वकप एसिया छनोट नेपालमा हुने


३१ वैशाख, काठमाडाैँ । सन् २०२४ को टी–२० विश्वकपका लागि एसिया क्षेत्रको छनोट खेल नेपालमा हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी नोभेम्बर १ खेखि १० तारिखसम्म त्रिवि मैदान कीर्तिपुर र मुलपानी मैदानमा छनोट खेल सञ्चालनका लागि अधिकार पाएको छ ।

छनोट खेलमा आठ टोलीको सहभागिता रहनेछ । जसमा आयोजक नेपाल, संयुक्त अरब इमिरेट्स (युएई) ओमान, हङकङ, सिंगापुर बहराइन र उपक्षेत्रीय छनोट खेलबाट आउने दुई टोलीबीच प्रतिस्पर्धा हुनेछ । उपक्षेत्रीय छनोटमा समूह ‘ए’ बाट कुवेत, माल्दिभ्स, कतार र साउदी अरब तथा समूह ‘बी’ मा मलेसिया, भुटान, चीन, म्यानमार र थाइल्यान्ड रहेका छन् । समूहको शीर्ष दुई टोली छनोट खेलमा सामेल हुनेछन् ।

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । समूहको शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । फाइनल पुग्ने टोलीले विश्वकपमा स्थान बनाउनेछ । घरेलु मैदानमा आयोजना हुने छनोट खेलको फाइनलमा स्थान बनाउन सकेमा नेपालले विश्वकपको यात्रा तय गर्नेछ ।

नेपालले यसअघि सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकप खेलेको थियो । एकदिवसीय विश्वकप छनोटमा समेत स्थान बनाएको नेपालको प्रदर्शन पछिल्लो समय सुधारिएको छ ।

क्रिकेटका एक पछि अर्को सफलता हात पारेको नेपालका लागि टी–२० विश्वकपको एसिया क्षेत्रको छनोटमा स्थान बनाउने राम्रो मौका मिलेको छ । अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपमा २० देशको सहभागिता रहनेछ ।


प्रकाशित मिति: ३१ बैशाख २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?