Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१२ माघ २०८२, सोमबार
१२ माघ २०८२, सोमबार

टी–२० विश्वकप एसिया छनोट नेपालमा हुने


३१ वैशाख, काठमाडाैँ । सन् २०२४ को टी–२० विश्वकपका लागि एसिया क्षेत्रको छनोट खेल नेपालमा हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी नोभेम्बर १ खेखि १० तारिखसम्म त्रिवि मैदान कीर्तिपुर र मुलपानी मैदानमा छनोट खेल सञ्चालनका लागि अधिकार पाएको छ ।

छनोट खेलमा आठ टोलीको सहभागिता रहनेछ । जसमा आयोजक नेपाल, संयुक्त अरब इमिरेट्स (युएई) ओमान, हङकङ, सिंगापुर बहराइन र उपक्षेत्रीय छनोट खेलबाट आउने दुई टोलीबीच प्रतिस्पर्धा हुनेछ । उपक्षेत्रीय छनोटमा समूह ‘ए’ बाट कुवेत, माल्दिभ्स, कतार र साउदी अरब तथा समूह ‘बी’ मा मलेसिया, भुटान, चीन, म्यानमार र थाइल्यान्ड रहेका छन् । समूहको शीर्ष दुई टोली छनोट खेलमा सामेल हुनेछन् ।

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । समूहको शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । फाइनल पुग्ने टोलीले विश्वकपमा स्थान बनाउनेछ । घरेलु मैदानमा आयोजना हुने छनोट खेलको फाइनलमा स्थान बनाउन सकेमा नेपालले विश्वकपको यात्रा तय गर्नेछ ।

नेपालले यसअघि सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकप खेलेको थियो । एकदिवसीय विश्वकप छनोटमा समेत स्थान बनाएको नेपालको प्रदर्शन पछिल्लो समय सुधारिएको छ ।

क्रिकेटका एक पछि अर्को सफलता हात पारेको नेपालका लागि टी–२० विश्वकपको एसिया क्षेत्रको छनोटमा स्थान बनाउने राम्रो मौका मिलेको छ । अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपमा २० देशको सहभागिता रहनेछ ।


प्रकाशित मिति: ३१ बैशाख २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?