Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

पाथीभरा जाने पदमार्गमा फाइबरको छहारी


३१ वैशाख, ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको पदमार्गमा फाइबर ट्रस (छाहारी) लगाइएको छ । पाथीभरा मन्दिर दर्शन गर्न जाने तीर्थयात्रीको यात्रालाई सहज बनाउने उद्देश्यले पदमार्गमा ट्रस लगाइएको हो ।

हिमपात र वर्षाको समयमासमेत तीर्थयात्रीलाई यात्रा गर्न सहज होस् भन्ने उद्देश्यले चार मिटर लम्बाइको ट्रस लगाउन सुरु गरिएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताए । यसका लागि कोशी प्रदेशको पर्यटन मन्त्रलयबाट रु ५० लाख र पाथीराभरा क्षेत्र विकास समितिको रु ४० लाख गरी रु ९० लाख खर्च हुने भएको उनको भनाइ छ ।

पाथीभरा पदमार्गमा गत तीन वर्षदेखि क्रमिकरुपमा ट्रस लगाउन सुरु गरिएको हो । यसअघि पाथीभरा मन्दिरदेखि छ सय मिटरसम्म फाइबर ट्रस लगाइसकिएको छ भने अहिले चार सय मिटरका लागि काम भइरहेको हो ।

यस्तै पदमार्ग सोलिङ गरिएको छ भने दायाँबायाँ रेलिङ लगाएको छ  पदमार्गमा शौचालय, खानेपानीका धारा, विश्रामस्थललगायतका संरचनासमेत निर्माण भइरहेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

पाथीभरा धामदेखि माथिल्लो फेदी बजारसम्मको दुई किलोमिटर दूरीमा ट्रस लगाउने योजना छ । पाथीभरा धाम तीन हजार सात सय ९४ मिटरको उचाइमा रहेकाले हिउँद मौसममा बाक्लो हिमपात हुने गरेको छ । पाथीभरा दर्शनमा आन्तरिक तथा बाह्य गरी वर्षमा लाखौँ तीर्थयात्री आउने गरेका छन् ।

पाथीभरा जाने पदमार्गमा फाइबर ट्रस लगाएसँगै हिमपात र वर्षा हुँदा तीर्थयात्री सहज हुने भएको छ ।


प्रकाशित मिति: ३१ बैशाख २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?