Trending
>>   एमाले अहिले पनि नौजवान पार्टी होः सचिव भट्टराई >>   आधुनिक लोकतन्त्रको विकल्प छैनः सभामुख घिमिरे >>   राजनीतिक दलहरु बलियो हुँदा मात्रै राज्य बलियो हुन्छः उपमहासचिव बस्नेत >>   देशमा राजनीतिक दलहरु सर्वशक्तिमान भएः महामन्त्री बुर्लाकोटी >>   सरकारमा हुँदा कुन राजनीतिक दलले कस्तो काम गरे भन्नेकुरा जनताले हेरिरहेका छन्ः सहमहामन्त्री परियार >>   झलनाथको प्रश्नः नीतिगत निर्णयमा छानविन नै गर्न नपाउने भए राजतन्त्रको आलोचना गर्नुको अर्थ के ? >>   मुक्तिनाथ दर्शन लिमिटेडको आ.व. २०८०/०८१ को प्रारम्भिक साधारण सभा शुरु >>   रविमाथि राज्यले ज्यादती गरेको छः पूर्वप्रधानमन्त्री खनाल >>   संसदीय शासन व्यवस्था पुँजीपति वर्गको लोकतन्त्र होः झलनाथ खनाल >>   पार्टी अध्यक्षमाथि भ्रष्टाचारको मुद्दाबारे सञ्चारकर्मीको प्रश्नमा झलनाथको जवाफः ‘यो प्रश्न हामीले पनि गर्नुपर्ने हुनसक्छ’
Logo
२८ असार २०८२, शनिबार
२८ असार २०८२, शनिबार

समाचार


अनुकूल मौसममा पनि देखिएनन् बेगनास तालमा पर्यटक

१५ चैत ,लेखनाथ । यतिबेला पर्यटक आउने अनुकूल मौसम हो, तर लेखनाथको पर्यटकीय गन्तव्य बेगनास तालमा यसपटक फाट्टफुट्टा मात्र पर्यटक देखिएपछि डुङ्गा व्यवसायीका मुहारमा खुसी देखिएन । कोरोनाकै कारण तीन वर्षदेखि घटेका पर्यटक सङ्ख्या यस वर्ष पनि नबढेपछि बेगनासका डुङ्गा व्यवसायी चिन्तित मात्र हैन, उनीहरूको व्यवसाय नै धरापमा परेको छ

नेकपा (एस) उपाध्यक्ष भुसालको नेतृत्वमा सरकारमा जाने

१५ चैत ,काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले पार्टीका उपाध्यक्ष डा बेदुराम भुसालको नेतृत्वमा उपमहासचिव प्रकाश ज्वालालाई सरकारमा पठाउने भएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले सो निर्णय गरेको हो । पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बैठकमा सरकारमा पार्टीको सहभागिताको सम्बन्धमा छलफल

मर्यादाक्रम हेरफेरसम्बन्धी विधेयक सच्याउन माग

१५ चैत ,काठमाडौँ । सर्वोच्च अदालत बार एशोसिएशनले प्रधानन्यायाधीश र न्यायाधीशहरुको मर्यादाक्रम हेरफेरसम्बन्धी विधेयक न्यायपालिकाको गरिमा र सम्मान कायम राखी पूर्ववत रुपमा सच्चाउन माग अनुरोध गरेको छ । बारको मङ्गलबार बसेको बैठकले उक्त विधेयकलाई मर्यादाक्रम पूर्ववत रहने गरी सच्याउन अनुरोध गरेको अध्यक्ष हरिशङ्कर निरालाले जानकारी दिए । प्रधानन्यायाधीश र न्यायाधीशहरुको

भोली बेलुकासम्म मन्त्रिपरिषदलाई पूर्णता दिने सत्ता गठबन्धनको निर्णय

१५ चैत्र, काठमाडाैँ । बिहिबार बेलुकासम्म मन्त्रिपरिषदलाई पूर्णता दिने निर्णय सत्ता गठबन्धनको बैठकले गरेको छ । आज बालुवाटारमा बसेको दोश्रो चरणको बैठकले उक्त निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै जसपाका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले भोलि बेलुकीसम्म मन्त्रिपरिषदले पूर्णता पाउने बताएका छन् । उनले ९ दल सरकारमा सहभागी हुने र

उच्च जोखिममा रहेका मुलुकको सूचीबाट हट्यो पाकिस्तानको नाम

१५ चैत्र, एजेन्सी । पाकिस्तानका वाणिज्यमन्त्री सैयद नाभिद कमरले पाकिस्तानलाई युरोपेली सङ्घ (ईयू) को उच्च जोखिममा रहेका तेस्रो मुलुकहरूको सूचीबाट हटाइएको बताएका छन् । यसको अर्थ दक्षिण एसियाली मुलुक पाकिस्तानका लागि ईयूको बजारमा निर्यात बढाउने अवसर भएको उनले बताए । उनले भने, “उच्च जोखिममा रहेका तेस्रो मुलुकहरूको सूचीबाट हटाउने निर्णय

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि टेलिमेडिसिन सेवा सुरु

१५ चैत्र, काठमाडाैँ । वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आजदेखि टेलिमेडिसिन सेवा सुरु गरेको छ । वैदेशिक रोजगारीमा रहेका श्रमिकको स्वास्थ्य समस्या सम्बोधनका लागि चिकित्सकको टोलीसहित टेलिमेडिसिन सेवा सुरुआत गरिएको बोर्डले जनाएको छ । सार्वजनिक बिदाका दिनबाहेक कार्यालय समयमा सेवा प्रवाह हुने बोर्डले जनाएको छ । विदेशमा रहेका

अख्तियारको वार्षिक प्रतिवेदन संसद्मा पेश

१५ चैत्र, काठमाडाैँ । प्रतिनिधिसभामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेश भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आयोगको वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०७८/०७९) पेश गरिन् । प्रतिनिधिसभाको अर्को बैठक यही चैत १९ गते अपराह्न १ बजे बस्नेछ ।

आर्थिक स्थिति सुध्रिएसँगै श्रीलङ्कामा घट्यो इन्धनको मूल्य

श्रीलङ्काको आर्थिक स्थितिमा सुधार आएसँगै इन्धनको मूल्य घटेको छ । ऊर्जामन्त्री कञ्चना विजेसेकराले भोलि मध्यरातदेखि इन्धनको मूल्य घटाइने बताउनुभएको छ । मन्त्री विजेसेकराका अनुसार भोलि मध्यरातपछि पेट्रोलको मूल्यमा प्रतिलिटर रु ६०, डिजेलमा रु ८० र मट्टितेलमा रु १० कायम हुनेछ । अब उपभोक्ताले एक लिटर पेट्रोल रु ३४०, डिजेल रु

प्लास्टिकजन्य सामग्री पशुपतिमा नलैजान अनुरोध

१५ चैत्र, काठमाडाैँ । पशुपतिनाथ मन्दिर परिसरमा आजदेखि प्लास्टिक निषेध गरिएको छ । पशुपति क्षेत्र विकास कोषले आज एक सूचना प्रकाशित गरी पशुपति क्षेत्रमा प्लास्टिकका कारण फोहोर बढ्दै गएकाले पशुपतिनाथ मन्दिर परिसरमा प्लाष्टिक निषेध गरिएको जनाएको हो । विकास कोषको सूचनामा भनिएको छ, “प्लास्टिकजन्य सामग्रीका कारण पवित्र पाशुपत क्षेत्र बढी फोहोरयुक्त

विन्ध्यवासिनीमा भक्तजनको घुइँचो

१५ चैत्र, पोखरा । पोखराको प्रसिद्ध धार्मिकस्थल विन्ध्यवासिनी मन्दिरमा चैते दसैँ पर्वका अवसरमा आज बिहानदेखि भक्तजनको घुइँचो लागेको छ । मन्दिर दर्शन र पूजाआजाका लागि श्रद्धालुभक्तजन बिहान ४ बजेदेखि लामबद्ध थिए । मन्दिरमा पूजाका लागि नेपालीका साथै भारतबाटसमेत भक्तजन सहभागी भएको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले जनाएको छ । मन्दिरमा लाइनमा

सम्वन्धित समाचारहरु