Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
४ कार्तिक २०८३, मंगलवार
४ कार्तिक २०८३, मंगलवार

भारतीय अभिनेत्री कंगनाले भनिन्- सगरमाथाको बाटो बन्द गर्नुहोस्


१७ जेठ, एजेन्सी । भारतीय अभिनेत्री कंगना रनावतले सामाजिक सञ्जालमा सगरमाथा आधार शिविरमा देखिएको फोहोरको भिडियो पोस्ट गर्दै त्यसप्रति चिन्ता व्यक्त गरेकी छन् ।

भिडियोमा आधार शिविरमा रहेको टेन्ट बाहिर फोहोर थुप्रिएको देखाइएको छ । उनले आफूलाई भगवानको प्रिय सम्झने मानिसले वास्तविकता जाच्नुपर्ने सुझाव दिएकी छन् । ‘एभरेष्ट यात्रा बन्द गर्नुहोस् वा यसलाई ठीक गर्नुहोस् । शिखरमा यस्तो दृश्य अस्वीकार्य हुन्छ’, उनले लेखेकी छन् ।

उनले अगाडि लेखेकी छन्,‘जोकोही सोच्छन् कि मानव भगवानको मनपर्ने कुरा हुन् । उनलाई यो वास्तविकताको जाँचको आवश्यकता छ । यो दृश्यमा हेर्नुहोस्, तपाईंलाई महशुस हुन्छ कि मानव शायद भगवानको सबैभन्दा कम मनपर्ने हुन सक्छन् । मानिस हरेक स्थानमा आफ्नो दुर्गन्धित फोहोरको पदचिन्ह छोड्छ । विश्वलाई यस्ता व्यक्तिबाट बचाउनुहोस् ।’

कंगना फिल्म ‘इमरजेन्सी’मा देखिँदैछिन् । उनलाई ‘तेजस’, ‘चन्द्रमुखी २’ र ‘मणिकर्णिकाः द क्वीन अफ दिद्दा’ जस्ता फिल्मबाट प्रस्ताव पनि आएको छ ।


प्रकाशित मिति: १७ जेष्ठ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?