Trending
>>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर) >>   लघुवित्त संस्थाहरुमा सुशासनको कमीः उपाध्यक्ष श्रेष्ठ >>   ‘उत्पादनशील योजनामा मात्रै ऋण परिचालन गर्नू’ >>   तत्कालीन पर्यटन सचिव अधिकारीसहित २१ जना व्यक्ति र २ कम्पनी विरुद्ध मुद्दा दायर
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

भारत र श्रीलङ्काबीच एक अर्ब अमेरिकी डलर ऋण सुविधा खरिद गर्ने सम्झौता


१७ जेठ, एजेन्सी । श्रीलङ्काका जनताप्रतिको आफ्नो प्रतिबद्धतालाई पुनः पुष्टि गर्दै भारतले मङ्गलबार कोलम्बोसँग औषधि, खाद्यान्न र अन्य वस्तु खरिदका लागि अमेरिकी डलर एक अर्ब ऋण सुविधा प्रयोग गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ ।

भारतका लागि श्रीलङ्काका उच्चायुक्त मिलिन्डा मोरागोडाले आज उच्चायोग परिसरमा नयाँ दिल्लीस्थित ट्रेड कमिश्नरहरू÷वाणिज्य कूटनीतिज्ञहरूसँग श्रीलङ्कालाई सो सुविधामा सहजीकरण गर्ने बारे अन्तरक्रिया भएको थियो ।

बैठकमा उच्चायुक्त मोरागोडाले सहभागीहरूलाई अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँगको विस्तारित कोष सुविधा (ईएफएफ) व्यवस्थाका साथै भारतीय रूपैयाँ व्यापार र भारतसँग योजनाबद्ध आर्थिक एकीकरणको बारेमा जानकारी गराउनुभएको छ ।

छलफलले भारतको संलग्नतामा त्रिपक्षीय सहयोगलगायत श्रीलङ्कामा आर्थिक पुनरुत्थानलाई प्रवद्र्धन गर्न विशेष ध्यान केन्द्रित गर्दै व्यापार र वाणिज्यसँग सम्बन्धित विषयहरूको विस्तृत दायरालाई समेटेको थियो ।

यसवर्षको मार्चमा कोष कार्यकारी बोर्डले श्रीलङ्काको आर्थिक नीति र सुधारहरूलाई समर्थन गर्न तीन अर्ब अमेरिकी डलरको विस्तारित कोष सुविधाअन्तर्गत ४८ महिनाको विस्तारित व्यवस्थालाई अनुमोदन गरेको थियो ।


प्रकाशित मिति: १७ जेष्ठ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?