Trending
>>   आजबाट शुरु हुँदै एनपिएलको उत्सव, लुम्बिनी र सुदूरपश्चिमबीच उद्घाटन खेल >>   चीनमा भूकम्पपछि तीन मिनेटमै १२० विद्यार्थीको उद्धार >>   २,६३४ विन्दुबाट खुल्दै बजारको नयाँ यात्रा, कस्तो रहला आजको सेयर बजार? >>   पुरुष १८ वर्षसम्म मात्र बाँच्छ, त्यसपछि ऊ केवल जीवित रहन्छ ! >>   पुराना पार्टीले केही गरेनन् भनेर मात्रै हुँदैन, तथ्यबाट पुष्टि गर्नुपर्छः माधव नेपाल >>   एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल पार्टी एकता सम्भव छैनः संयोजक दाहाल >>   दोस्रो विश्वयुद्धपछिको विश्व व्यवस्था भत्किँदै जाँदा नेपालमा थप जोखिमः प्रचण्ड >>   आत्मसमीक्षासहित गाउँ पस्दै नेकपा >>   नेपालमा फेरि मौसमी बदलीको संकेतः मंगलवारसम्म धानबाली भित्र्याइसक्न विज्ञको सुझाव >>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन
Logo
१० कार्तिक २०८३, सोमबार
१० कार्तिक २०८३, सोमबार

भारत र श्रीलङ्काबीच एक अर्ब अमेरिकी डलर ऋण सुविधा खरिद गर्ने सम्झौता


१७ जेठ, एजेन्सी । श्रीलङ्काका जनताप्रतिको आफ्नो प्रतिबद्धतालाई पुनः पुष्टि गर्दै भारतले मङ्गलबार कोलम्बोसँग औषधि, खाद्यान्न र अन्य वस्तु खरिदका लागि अमेरिकी डलर एक अर्ब ऋण सुविधा प्रयोग गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ ।

भारतका लागि श्रीलङ्काका उच्चायुक्त मिलिन्डा मोरागोडाले आज उच्चायोग परिसरमा नयाँ दिल्लीस्थित ट्रेड कमिश्नरहरू÷वाणिज्य कूटनीतिज्ञहरूसँग श्रीलङ्कालाई सो सुविधामा सहजीकरण गर्ने बारे अन्तरक्रिया भएको थियो ।

बैठकमा उच्चायुक्त मोरागोडाले सहभागीहरूलाई अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँगको विस्तारित कोष सुविधा (ईएफएफ) व्यवस्थाका साथै भारतीय रूपैयाँ व्यापार र भारतसँग योजनाबद्ध आर्थिक एकीकरणको बारेमा जानकारी गराउनुभएको छ ।

छलफलले भारतको संलग्नतामा त्रिपक्षीय सहयोगलगायत श्रीलङ्कामा आर्थिक पुनरुत्थानलाई प्रवद्र्धन गर्न विशेष ध्यान केन्द्रित गर्दै व्यापार र वाणिज्यसँग सम्बन्धित विषयहरूको विस्तृत दायरालाई समेटेको थियो ।

यसवर्षको मार्चमा कोष कार्यकारी बोर्डले श्रीलङ्काको आर्थिक नीति र सुधारहरूलाई समर्थन गर्न तीन अर्ब अमेरिकी डलरको विस्तारित कोष सुविधाअन्तर्गत ४८ महिनाको विस्तारित व्यवस्थालाई अनुमोदन गरेको थियो ।


प्रकाशित मिति: १७ जेष्ठ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?