Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

घोषणापत्रसहित नेपाल–भारत काव्यगोष्ठी सम्पन्न


१७ जेठ, बैतडी । बैतडीमा नेपाल–भारत काव्यगोष्ठी मङ्गलबार सम्पन्न भएको छ । स्थानीय लोक संस्कृतिको संरक्षण गर्ने उद्देश्यले डिलाशैनी गाउँपालिका–६ गोकुलेश्वरमा आयोजित चर्मण्यावती साहित्य सम्मेलत तथा नेपाल–भारत काव्यगोष्ठी ११ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।

डिलाशैनी गाउँपालिकाका अध्यक्ष सन्तोषप्रकाश जोशी र राष्ट्रियता संरक्षण अभियानका अभियन्ता हेमबाबु लेखकले उक्त घोषणापत्र जारी गरेका हुन् । कार्यक्रममा उपस्थित नेपाल र भारतका कवि तथा साहित्यकारले मानसखण्ड क्षेत्रको लोक संस्कृति जगेर्नाका लागि सबैले आ–आफ्नो क्षेत्रबाट भूमिका खेल्नुपर्ने धारणा राखेका थिए । घोषणापत्र जारी गर्दै डिलाशैनीका अध्यक्ष जोशीले चर्मण्यावती (चमेलिया) सभ्यताको अध्ययन एवं प्रचार–प्रसारका लागि गाउँपालिकाले भूमिका खेल्ने बताए ।

सम्मेलनले स्थानीय लोक संस्कृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने सहभागीले बताए । नेपाल र भारतको कला तथा संस्कृतिमा एकरुपता रहेको र यसको जगेर्नाका लागि सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्ने उपस्थित सहित्यकारको जोड थियो । सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री तथा साहित्यकार राजेन्द्रसिंह रावलले नेपाल र भारतबीच रोटीबेटीको सम्बन्धमात्रै नरहेको उल्लेख गर्दै दुवै देशको संस्कृतिको पनि सम्बन्ध रहेको बताए । उनले दुवै देशको विभिन्न संस्कृति मिल्ने भएकाले त्यसको संरक्षणमा जोड दिए । उत्तराखण्ड र सुदूरपश्चिमको संस्कृति एकनासको रहेकाले यसको संरक्षणमा दुवै देशका नागरिक जुट्नुपर्ने उनको भनाइ थियो ।

साहित्यकार पुरनसिंह दयालले दुई देशका नागरिकको सम्बन्ध सुमधुर बनाउन चर्मण्यावती साहित्य सम्मेलन फलदायी रहने बताए । समाजसेवी महेशदत्त भट्टले चौलानी नदी सङ्कटमा पर्दै गएकाले यसको संरक्षणमा जोड दिए ।

भारतीय साहित्यकार तथा नयामुक्त अभियानका अभियन्ता डा पिताम्बर अवस्थीले गाउँपालिकाले पहिलोपटक आयोजना गरेको साहित्य सम्मेलनको प्रशंसा गर्दै नेपालको एउटा दुर्गम क्षेत्रमा लोक संस्कृति जगेर्नाका लागि गरिएको यो प्रयास नेपाल र भारतका अन्य क्षेत्रका लागि प्रेरणाको स्रोत भएको बताए ।

आयोजक संस्था राष्ट्रियता संरक्षण अभियानका संयोजक हेमबाबु लेखकले राष्ट्रिय भावना जागृत गराउन तथा मानसखण्ड लोक संस्कृतिको जगेर्नाका लागि कार्यक्रमको आयोजना गरिएको बताए । सम्मेलनको उद्घाटन सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले गरेका थिए ।


प्रकाशित मिति: १७ जेष्ठ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?