१२ वैशाख, सिरहा । सिरहा नगरपालिकाले सिरहा–माडर सडक खण्डमा मापदण्ड मिचेर बनाइएका संरचना हटाउन सुरु गरेको छ । नगरपालिकाले सडक साँघुरो पारेका र सहरी सुन्दरता विगार्ने गरी बनेका घरका पेटी र टहरा भत्काउन थालेको हो । नगरभित्रका मुख्य सडकलाई ३० मिटर चौडा बनाउन मापदण्डविपरीतका संरचना हटाउनुपरेको नगरपालिकाले जनाएको छ ।
१२ वैशाख, पोखरा । गण्डकी प्रदेशमा सरकार गठनका लागि आह्वान भएको छ । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ अनुसार तीन दिन (वैशाख १४ गते दिनको ४ बजे) भित्रमा सरकार गठनका लागि आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
१२ वैशाख, सिन्धुपाल्चोक । भूकम्पबाट अति प्रभावित सिन्धुपाल्चोकका रहेका सबै विद्यालय भवन पुनःनिर्माण सकिएको छ । भूकम्पका कारण यहाँका सबैजसो विद्यालयमा क्षति पुगेको थियो । क्षति पुगेका विद्यालय दाता र सरकारको सहयोगमा आठ वर्षमा पुनःनिर्माण सम्पन्न भएको हो । भूकम्पको डेढ वर्षपछि सुरु भएको पुनःनिर्माण यो आर्थिक वर्षभित्र अन्तिम चरणमा पुग्ने
१२ वैशाख, गोरखा । गोरखा भूकम्प गएको आठ वर्ष पुगेको अवसरमा गोरखा बारपाक सुलिकोट गाउँपालिकाले आज एक कार्यक्रमको आयोजना गरेको छ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, सहरी विकासमनत्री सीता गुरुङलगायतको उपस्थितिमा सो कार्यक्रम गरिएको हो । समारोहमा गृहसचिव विनोदप्रकाश सिंह, सहरी विकास मन्त्रालयका सचिव सुरेश आचार्य, गाउँपालिकाका पदाधिकारीको सहभागिता
१२ वैशाख, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुशासनको ‘एजेन्डा’मा टेकेर समृद्धिको बाटो तय गर्ने बताउनुभएको छ । चितवन क्षेत्र नं २ बाट पुनः निर्वाचित भएपछि प्रतिक्रिया दिंँदै आम नागरिकका अपेक्षा भनेको मौलाएको भ्रष्टाचार नियन्त्रण गर्नुपर्छ भन्ने पाएको उनले बताए । उनले सुशासनको आशा सबैभन्दा बढी
१२ वैशाख, धनुषा । धनुषा प्रहरीले सात लाखभन्दा बढीको नक्कली नोटसहित एक महिलालाई पक्राउ गरी सार्वजनिक गरेको छ । सात लाख ७१ हजार पाँच सय बराबरको नक्कली नोटसहित धनुषाको विदेह नगरपालिका–६ की अनुकुमारी साहलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको हो । अनुकुमारीको साथबाट एक हजारको नक्कली नोट ४९२ थान
१२ वैशाख, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूकम्पपछिको उद्धार, राहत र पुनःस्थापनामा आर्थिक, भौतिक सहयोग एवम् सद्भाव व्यक्त गर्ने सबैप्रति सम्मान व्यक्त गरेका छन् । गोरखा भूकम्पको स्मृतिका अवसरका आज सन्देश दिँदै प्रधानमन्त्रीले पुनः निर्माणका मूलभूत काम सम्पन्न भइसके पनि अझै केही काम बाँकी भए त्यसका लागि सरकारका तर्फबाट
१२ वैशाख, एजेन्सी। सुडानमा युद्धरत पक्षबीच युद्धविरामको सहमति भएको छ । संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा सुडानी सशस्त्र बल (एसएएफ) र र्यापिड सपोर्ट फोर्सेस (आएसएफ) ७२ घण्टा युद्धविराम गर्न सहमत भएका हुन् । सोबार मध्यरातदेखि युद्धविराम लागू भएको छ । सङ्घर्षरत दुवै पक्षले युद्धविराम पालना गर्ने प्रतिबद्धता जनाएका छन् । अमेरिकी
१२ वैशाख, काठमाडाैँ । राजधानीमा जारी एसिसी प्रिमियर कप अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा सिङ्गापुरले कुवेतलाई जितको लागि ११४ रनको सामान्य विजयी लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको सिङ्गापुरले ३१ दशमलब चार ओभरमा सबै विकेट गुमाउँदै ११३ रनको योगफल बनाएको हो ।
१२ वैशाख, काठमाडाैँ । नेपाली बजारमा सुनको मूल्य मंगलबार बढेको छ । चाँदीको मूल्य भने स्थिर रहेको छ। यसअघि सोमबार प्रतितोला २०० रुपैयाँ घटेको सुनको मूल्य मंगलबार प्रतितोला ४०० रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ५०० रुपैयाँ र तेजाबी सुन