Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

भूकम्पले भत्किएका सिन्धुपाल्चोकका सबै विद्यालय भवन पुनःनिर्माण


१२ वैशाख, सिन्धुपाल्चोक । भूकम्पबाट अति प्रभावित सिन्धुपाल्चोकका रहेका सबै विद्यालय भवन पुनःनिर्माण सकिएको छ । भूकम्पका कारण यहाँका सबैजसो विद्यालयमा क्षति पुगेको थियो । क्षति पुगेका विद्यालय दाता र सरकारको सहयोगमा आठ वर्षमा पुनःनिर्माण सम्पन्न भएको हो ।

भूकम्पको डेढ वर्षपछि सुरु भएको पुनःनिर्माण यो आर्थिक वर्षभित्र अन्तिम चरणमा पुग्ने पुनःनिर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाइ (शिक्षा)ले जनाएको छ ।

इकाइको तथ्याङ्कअनुसार भूकम्पले चार सय ९६ विद्यालयका चार हजार एक सयभन्दा बढी कक्षाकोठामा क्षति पुगेको थियो । विद्यालय भवन पूर्णरूपमा सम्पन्न भएर विद्यार्थी अस्थायी शिक्षण केन्द्रबाट सुविधा सम्पन्न भवनमा अध्ययन गर्न थालेका छन् ।

भूकम्पअघि जस्ताका टहरामा पढाइ हुने गरेकोमा पछिल्लो समय बनेका विद्यालय भवन भूकम्प प्रतिरोधी मात्र नभएर भव्य र आकर्षक रहेको जिल्ला शिक्षा समन्वय इकाइका प्रमुख कृष्ण सुवेदी बताउँछन् ।

“सबै विद्यालयमा आवश्यक पूर्वाधार बनेका छन् , सुवेदीले भने, “पूर्वाधारमा कुनै कमी छैन ।” चिनियाँ राजदूतावासको सहयोगमा भवन बनेको रत्नराज्य मावि चनौटेका विद्यालय व्यवस्थापन समिति अध्यक्ष सनत अधिकारीले निर्माण भएका भवनको साख जोगाउनु चुनौती रहेको बताए ।

“भवन पाँच तारे होटल जस्तो भव्य र सुविधा बनेको छन्”, अधिकारीले भने, “अब भवन अनुसारको शैक्षिक उपलब्धि प्राप्त गर्नु विद्यालयको चुनौती हो ।”

भूकम्पपछि बनेका विद्यालयमा खानेपानी, शौचालय, पुस्तकालयजस्ता पूर्वाधार र फर्निचरसमेत दाताले नै उपलब्ध गराएको इकाइ प्रमुख सुवेदीले बताए । अधिकांश विद्यालयमा खेल मैदान पनि निर्माण गरिएका छन् ।


प्रकाशित मिति: १२ बैशाख २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?