Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

बारपाकमा भूकम्प स्मृति दिवस मनाइँदै


१२ वैशाख, गोरखा । गोरखा भूकम्प गएको आठ वर्ष पुगेको अवसरमा गोरखा बारपाक सुलिकोट गाउँपालिकाले आज एक कार्यक्रमको आयोजना गरेको छ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, सहरी विकासमनत्री सीता गुरुङलगायतको उपस्थितिमा सो कार्यक्रम गरिएको हो ।

समारोहमा गृहसचिव विनोदप्रकाश सिंह, सहरी विकास मन्त्रालयका सचिव सुरेश आचार्य, गाउँपालिकाका पदाधिकारीको सहभागिता रहेको सो गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए । विसं २०७२ वैशाख १२ गते गएको भूकम्पमा परी ठूलो जनधनको क्षति भएको थियो । सोही गाउँपालिका–१ र २ स्थित बारपाक केन्द्रविन्दु भएर आजैको दिन सात दशमलव आठ रेक्टर स्केलको भूकम्प गएको थियो ।

भूकम्पको केन्द्रविन्दु भएको गाउँपालिका भएकाले आज विशेष समारोहको आयोजना गरी भूकम्पबाट जोगिने उपायलगायतका विषयमा जनचेतना जगाउन स्मृति दिवस मनाइएको अध्यक्ष भट्टको भनाइ छ ।


प्रकाशित मिति: १२ बैशाख २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?