काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्माले जेनजी आन्दोलनको भ्रष्टाचार विरोधी माग र भावना विपरित माओवादी केन्द्र र एकीकृत समाजबादीबीच हुन लागेको एकतालाई स्वीर्कान नसकेको बताएका छन् । मंगलवार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले विगत केही वर्षदेखि माओवादी पार्टीलाई रुपान्तरण गर्ने, पारदर्शी बनाउने, सुशासनको पक्षमा र जनतातिर जवाफदेही हुने,
बर्दिया। बर्दियाको गुलारिया नगरपालिका वडा नं. ५ का किसानले बबई नदीको किनारमा रहेको बगरमा खेती गरेर आम्दानी गर्न थालेका छन् । त्यसै खेर जाने बगरमा हिउँद तथा वर्षा दुवै समयमा खेती गरेर यहाँका किसानले मासिक १ लाख रुपैयाँसम्म कमाउने गरेका हुन् । नदीको बगरमा गरिएको खेतीले बालापुरका किसानको आर्थिक जीवनस्तर
काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टी पुनःगठनको घोषणा गरेका छन् । पार्टीका अध्यक्ष माधवकुमार नेपालका कारणले पार्टी विभाजित भएपनि पार्टी विलय नहुने जिकिर गरेका छन् । नेता खनालले सम्पूर्ण नेता,कार्यकर्ताहरुलाई अन्य कुनै पार्टीमा प्रवेश नगरी स्वाभिमानका साथ पार्टी पुनर्गठनमा लाग्न आग्रह गरेका छन् ।
काठमाडौँ। बैंक तथा वित्तीय संस्थामा कुल निक्षेप ७४ खर्ब ७५ अर्ब पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो समय निक्षेप बढ्ने क्रम बढिरहेको हो । कात्तिक दोस्रो हप्तासम्म वाणिज्य बैंकले मात्रै ६७ खर्ब १७ अर्ब निक्षेप संकलन गरेका छन् । यो अवधीमा बैंक तथा वित्तीय संस्थाहरुले ५६ खर्ब ३५
काठमाडौँ। नेकपा (माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जेनजीसहितका युवा पुस्तालाई सामेल गरेर अघि बढन आफूहरुलाई पार्टी एकीकरणको अभियानलाई अघि बढाएको बताएका छन् । मंगलवार काठमाडौंमा आयोजित पार्टी राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठकमा बोल्दै उनले जेन–जी आन्दोलनको मुद्दालाई आत्मासात गरेर उनीहरुलाई पनि सामेल हुनेगरी नौ वटा कम्युनिष्ट पार्टीहरुबीच एकीकरणको काम गर्नुपरेको
काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का नेता राम कार्कीले आफूहरुले नालायक नेतृत्वलाई प्रतिस्थापन गर्ने नसकेको बताएका छन् । मंगलवार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । उनले खास गरेर आफूहरुको पिँढीले नालायक नेतृत्वलाई प्रतिस्थापन गर्ने ल्याकत राख्न नसकेको स्वीकार गरेका छन् । हाल नेपालको कम्युनिष्ट आन्दोलन विघटन हुन पुगेको
काठमाडौँ। सरकारले बैठकले वैदेशिक रोजगार न्यायाधिकरणको सदस्यमा सहन्यायाधिवक्ता घनश्याम ओझालाई तोक्ने निर्णय गरेको छ । सोमवार बसेको मन्त्रिपरिषद् बैठकले यसतो निर्णय गरेको सकारका प्रवक्ता एवं सञ्चार तथा सूचनाप्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिएका छन् । बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले स्विट्जरल्याण्डको जेनेभामा मंसिर १ देखि ३ गतेसम्म
काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरु सुसंगठित भएर अघि बढ्नुपर्ने बताएकी छिन् । प्रतिलिपि नागरिकता लिन मंगलवार जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेकी उनले सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो बताएकी हुन् । उनले राजनीतिक दलहरु टुट्नुफुट्नु राम्रो नभएको बताउदै पार्टीभित्रका मतभेदहरु भए अन्तरसंघर्षबाटै समाधान गरेर अघि बढ्नुपर्ने बताइन् । राष्ट्रको शान्तिका लागि
काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिलिपी नागरिकता लिएकी छिन् । जेन–जी आन्दोलनको दोस्रो दिन २४ भदौमा उनको निवासमा तोडफोड र आगजनी भएको थियो । त्यसक्रमममा उनको नागरिकता पनि जलेका कारणले प्रतिलिपि नागरिकता लिएकी हुन् । जिल्ला प्रशासन कार्यालय, काठमाडौंलेमा उपस्थित भएर मंगलवार दिउँसो भण्डारीले प्रतिलिपी नागरिकता लिएकी हुन् ।
काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले विद्युतीय चार्जिङ स्टेशनको पोलिसी चाँडै परिमार्जन हुने बताएका छन् । बैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले मंगलवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री घिसिङले विद्युतीकरणको दायरालाई फराकिलो बनाउने गरी सरकारले यातायाता, खाना पकाउने लगायतको काममा विद्युत खपतमा जोड दिने नीति लिएको उल्लेख गर्दै त्यसलाई