Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

समाचार


बूढानिलकण्ठलाई युनेस्को विश्वसम्पदा सूचीमा पार्न पहल

काठमाडौँ । बूढानिलकण्ठ नगरपालिकाले संयुक्त राष्ट्र सङ्घीय शिक्षा, शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को विश्वसम्पदा सूचीमा सूचीकृत हुन प्रारम्भिक चरणको प्रक्रिया आरम्भ गरेको छ । बूढानिलकण्ठ–३ स्थित विष्णु गुप्ताका पालामा दोस्रो शताब्दीमा निर्मित बूढानिलकण्ठ मूर्ति र मन्दिर क्षेत्रलाई युनेस्को विश्वसम्पदा सूचीमा समावेश गर्न आजदेखि औपचारिक रूपमा सरोकार निकाय, इतिहास

पर्यटकीय गन्तव्य बन्दै ‘छिल्लीकोट’

दाङ । पर्यटकीय क्षेत्र तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटमा पछिल्लो समय आउने पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । १५/१६औँ शताब्दीमा राजा मेघनाथ शाहले राज गरेको यस ठाउँको अवलोकन गर्न आउनेहरू निरन्तर बढ्दै गएको स्थानीय प्रवीर पुनले बताए । “अहिले बेलझुण्डी र सङ्ग्राम ब्यारेक हुँदै दुईवटा सडक प्रयोग गरेर पर्यटकहरू यहाँ आउने

अमेरिकी डलर एकको बिक्रीदर १४० रुपैयाँ, अन्य विदेशी मुद्रा कसको मूल्य कति ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अघिल्लो दिनको तुलनामा अमेरिकी डलर, युरोपियन युरो र युके पाउन्ड स्ट्रलिङलगायत विदेशी मुद्राको मूल्य बढेको छ । आज अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ ६५ पैसा र बिक्रीदर १४० रूपैयाँ २५ पैसा

बन्दीपुरको मौलिकता जोगाउन गाउँपालिकाद्वारा कडाइ

दमौली । पहाडकी रानी उपनामले परिचित बन्दीपुर बजारको मौलिकता र सौन्दय जोगाई राख्न स्थानीय तहले कडाइ गर्न थालेको छ । विकास गतिविधि, सार्वजनिक र निजी संरचना निर्माणको क्रम बढ्दै जाँदा बजारको ऐतिहासिक पहिचानलाई कायम राख्नु सबैको दायित्व रहेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापा बताउँछन् । उनले यहाँको सौन्दर्यका लागि घरका

जब बेलायती राजकुमारले भक्तपुरमा काठमा बुट्टा कुँदे…

भक्तपुर । भक्तपुरको सरस्वती स्कुल अगाडिको गल्लीमा परम्परागत शैलीमा रहेको नेपाल भोकेसनल एकेडेमीको आँगनमा अधिकांश कालिगडहरू काठमा बुट्टा भर्ने काममा तल्लीन थिए । नजिकै पृथ्वीनारायण शाहको पूर्णकदको ढलौटका बिहाल मूर्ति, लहरै रहेका अन्य कलात्मक मूर्तिहरू थिए । नेपाल भ्रमणमा रहनुभएका संयुक्त अधिराज्य बेलायतका राजकुमार डुयक अफ एडिनब्रा एडवार्डसहितको टोलीले बुधबार

आज मिति २०८१ साल माघ २४ गते बिहिबार,हेर्नुहोस आजको राशिफल

आज मिति २०८१ साल माघ २४ गते बिहिबार (06 Feb,2025) माघ शुक्लपक्ष नवमी ००:४९ बजेसम्म, त्यसपछी दशमी मेष – नयाँ काम पाउने तथा नोकरीमा सुगम स्थानमा स्थानान्तरणको अधिक सम्भावना रहेको छ । राजनीति तथा समाजसेवीहरुले राज्यबाट लाभ पाउने समय रहेको छ भने व्यापारमा समय लगानी गर्नेहरुले मनग्गे धन कमाउन सक्नेछन् ।

रविलाई हिरासत पठाउने चितवन जिल्ला अदालतकाे आदेश !

चितवन । चितवन जिल्ला अदालतले साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम ठगी गरेको अभियोग लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई हिरासत पठाउने आदेश गरेकाे छ । जिल्ला न्यायाधीश दयाराम ढकालको इजलासले थुनछेक बहस नसकिएकाले उनलाई हिरासत पठाउने आदेश गरेकाे हाे । मंगलबार उनीविरुद्ध अदालतमा मुद्दा दायर भएको थियो। 

चितवनमा रविको बयान सकियो,के आउला फैसला?

चितवन । चितवन जिल्ला अदालतमा साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम ठगी गरेको अभियोग लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान सकिएको छ । बिहान पौने १२ बजेदेखि सुरु भएको बयान ४ घण्टासम्म चलेको थियो । उनको आजै थुनछेक बहस सुरु गर्ने तयारी भएको अदालतका सूचना अधिकारी अमृत

राजस्व चुहावट नियन्त्रण समिति बैठक: विभिन्न निकायबीच केन्द्रदेखि तलसम्म समन्वयमा जोड

काठमाडौं ।केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिले राजस्व चुहावट नियन्त्रणलाई थप प्रभावकारी बनाउन सरोकारवाला निकायहरूबीच केन्द्रदेखि स्थानीय स्तरसम्म नै समन्वय एवम् सहकार्य गर्नुपर्नेमा जोड दिएको छ। बैठकमा समितिका संयोजक उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार बिन्दु वरपरको क्षेत्रका साथसाथै वैकल्पिक मार्गबाट हुन सक्ने अवैध निकासी-पैठारी नियन्त्रणतर्फ विशेष ध्यान दिनु पर्ने र

गृहमन्त्रीको राजीनामा माग्दै माइतीघरमा प्रदर्शन !

काठमाडाैं । जातीय विभेदमा संलग्नलाई संरक्षण गरेर सरकारले पीडितलाई अत्याचार गरेको विरोधमा दलित अधिकारकर्मीले काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका छन्। उनीहरूले गृहमन्त्री रमेश लेखकको राजीनामासमेत मागेका छन्। अन्तरजातीय प्रेमविवाह गरेका सर्लाहीका सत्येन्द्रकुमार रामलाई प्रहरीले तीनपटकसम्म पक्राउ गरेर थुनामा राखी यातना दिएको विषयमा उनीहरूले विरोध प्रदर्शन गरेका हुन् । दलितका लागि

सम्वन्धित समाचारहरु