Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पमाथिको छानबिन गर्न चन्द्र भण्डारीको माग !


काठमाडौं। नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालको संघीयताबारे दिएका अभिव्यक्तिको छानबिन गर्न माग गरेका छन् । बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नेता भण्डकारीले ट्रम्पमको अभिव्यक्तिको विषयमा सरकारले छानबिन गर्नुपर्ने बताएका हुन् । देशभन्दा ठुलो कोही नहुने र हुन पनि नसक्ने भन्दै के भएको थियो? के हुँदैछ? भनेर सरकारले गम्भीरतापूर्वक चासो लिनुपर्ने भण्डारीले बताएा छन् ।अमेरीकाका राष्ट्रपति ट्रम्पको अभिव्यक्तिले धेरै प्रश्न उठेका छन्, देश, समाज र संस्कृतिलाई कमजोर बनाउन लाग्ने राष्ट्रिय ठगहरूलाई छुट दिनु हुँदैन ! के हुँदैछ? सरकारले छानबिन गर्नु पर्दछ ! देशभन्दा ठुलो कोही होइन र हुन पनि सक्दैन !’ उनले फेसबुकमा लेखेका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले नेपालको संघीयताका लासग दिइएको सहयोगलाई ‘ठगी’ को संज्ञा दिँदै रद्द गर्ने निर्णयबारे जानकारी गराएका थिए । हालैको एक भाषणमा ट्रम्पले नेपालको संघीयताको सुदृढीकरणका लागि छुट्याइएको २ करोड डलर र जैविक विविधता संरक्षणका लागि विनियोजन गरिएको १ करोड ९० लाख डलर रोकिएको जानकारी गराएका हुन् ।


प्रकाशित मिति: ८ फाल्गुन २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?