Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पमाथिको छानबिन गर्न चन्द्र भण्डारीको माग !


काठमाडौं। नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालको संघीयताबारे दिएका अभिव्यक्तिको छानबिन गर्न माग गरेका छन् । बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नेता भण्डकारीले ट्रम्पमको अभिव्यक्तिको विषयमा सरकारले छानबिन गर्नुपर्ने बताएका हुन् । देशभन्दा ठुलो कोही नहुने र हुन पनि नसक्ने भन्दै के भएको थियो? के हुँदैछ? भनेर सरकारले गम्भीरतापूर्वक चासो लिनुपर्ने भण्डारीले बताएा छन् ।अमेरीकाका राष्ट्रपति ट्रम्पको अभिव्यक्तिले धेरै प्रश्न उठेका छन्, देश, समाज र संस्कृतिलाई कमजोर बनाउन लाग्ने राष्ट्रिय ठगहरूलाई छुट दिनु हुँदैन ! के हुँदैछ? सरकारले छानबिन गर्नु पर्दछ ! देशभन्दा ठुलो कोही होइन र हुन पनि सक्दैन !’ उनले फेसबुकमा लेखेका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले नेपालको संघीयताका लासग दिइएको सहयोगलाई ‘ठगी’ को संज्ञा दिँदै रद्द गर्ने निर्णयबारे जानकारी गराएका थिए । हालैको एक भाषणमा ट्रम्पले नेपालको संघीयताको सुदृढीकरणका लागि छुट्याइएको २ करोड डलर र जैविक विविधता संरक्षणका लागि विनियोजन गरिएको १ करोड ९० लाख डलर रोकिएको जानकारी गराएका हुन् ।


प्रकाशित मिति: ८ फाल्गुन २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?