Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

नेपाली छात्रा प्रकृति लम्सालको नाममा किट विश्वविद्यालयले ‘विशेष छात्रवृत्ति’ दिने


काठमाडौं । भारतको ओडिसास्थित किट विश्वविद्यालयले नेपाली विद्यार्थीहरूको लागि विशेष छात्रवृत्ति दिने बताएको छ । सोही विश्वविविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको केही दिनअघि होस्टलमै मृत्यु भएको थियो ।

घटनापछि किटले नेपालकी एक प्रतिभाशाली विद्यार्थी गुमाउन पुगेको भन्दै स्वर्गीय प्रकृतिको शोकसन्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ । उनको असामयिक निधनले सबैलाई दुखित तुल्याएको किटको भनाइ छ ।

किटका प्राध्यापक अच्युत सामन्तले प्रकृतिका बुबा र काकासँग भेट समेत गरेका थिए । सो भेटपछि उनका बुबाको इच्छा अनुसार किटले प्रकृतिको नाममा नेपाली विद्यार्थीहरूको लागि विशेष छात्रवृत्ति सुरु गर्ने बिहीबार सामाजिक सञ्जालमार्फत जनाएको छ । यो पहलले प्रकृति जस्ता धेरै प्रतिभाशाली विद्यार्थीहरूलाई उच्च शिक्षा हासिल गर्ने अवसर सुनिश्चित गर्ने किटको भनाइ छ ।


प्रकाशित मिति: ८ फाल्गुन २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?