Trending
>>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल >>   जापानी प्रधानमन्त्री ताकाइचीका नीतिहरूको विरोधमा टोकियोमा प्रदर्शन >>   ‘स्पष्ट बहुमतको सरकार बन्दा राजनीतिक अस्थिरता हट्छ’ >>   स्वास्थ्य बीमामा सुधार ल्याउन सरकारले स्वदेशी उद्योगबाटै ‘बल्क’मा औषधि खरिद गर्ने >>   नेपालकै पहिलो ‘एक्स्ट्रा डोज’ प्रविधिको सेती पुलको निर्माण ५७ प्रतिशत सम्पन्न >>   सरकारलाई ५ हजार नेपाली नागरिकले गराए मध्यपूर्वमा आफू असुरक्षित रहेको जानकारी >>   विशेष महाधिवेशन अनुचित सिद्ध भयो, सर्वोच्चले विचाराधीन मुद्दा छिटो टुङ्ग्याओस्ः नेता सिटौला >>   कैद भुक्तानपछि दीपक मनाङे जेलमुक्त >>   काँग्रेसका राष्ट्रिय सभाका सांसदहरूबीच परिचयात्मक कार्यक्रम शुरु (तस्बिरसहित) >>   अमेरिका–इजरायल सैन्य आक्रमणमा १३ सय भन्दा बढी इरानी सर्वसाधारणको मृत्यु
Logo
२८ फाल्गुन २०८२, बिहीबार
२८ फाल्गुन २०८२, बिहीबार

विकासको मोडेलमा परिवर्तन गर्न नसक्दा योजनावद्ध विकास हुन सकेनः मन्त्री दाहाल


काठमाडौं ।  भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले विकासको मोडेलमा परिवर्तन गर्न नसक्दा योजनावद्ध विकास हुन नसकेको बताउनुभएको छ । बिहीवार काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको १० औं नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनीको शुभारम्भ गर्दै मन्त्री दाहालले यस्तो बताउनुभएको हो । उहाँले विकास निर्माणका कामहरु अगाडि बढाउनका लागि प्राथमिकता निर्धारण गर्न जरुरी रहेको बताउनु भयो । उहाँले विकास निर्माणका आयोजनाहरुको सन्दर्भमा जनघनत्व र उपभोक्ताको आधारमा प्राथमिकता निर्धारण गर्नुपर्ने बताउनु भयो । उहाँले मुलुकलाई समृद्ध बनाउनका लागि स्थानीयको उत्पादन शहरसम्म पु¥याउनका लागि आवश्यक सडक र बाटो निर्माण सरकारको प्राथमिकतामा रहेको समेत बताउनु भयो ।

उहाँले नेपाल ठूलो अर्थतन्त्र भएका दुई देशको बीचमा रहेको उल्लेख गर्दै ति देशका सीमा नाकामा सहज आवतजावतको वातावरण समेत बनाउनुपर्ने बताउनु भयो । उहाँले भारतसँगको नाकामा नेपाली नागरिकको सहज पहुँच भएको उल्लेख गर्दै चीनसँगका नाकाबाट सहज रुपमा वस्तुको आयात र निर्यात गर्ने वातावरण बनाउनुपर्ने बताउनु भयो । उहाँले वस्तुको लागि एकदेशसँग मात्र निर्भर हुने अवस्थाको अन्त्य गर्न सरकार लागिपरेको समेत दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले हामीले विकासका मोडलहरुमा पनि हेरफेर गर्नुपर्ने भएको छ । हामीले योजनावद्ध विकास गर्न सकेका छैनौं । योजना आयोगले विकासका आयोजनाहरु अगाडि बढाउने भएपनि योजनाअनुरुप काम हुदैन । अब त्यस्ता कुराहरुलाई अन्त्य गरेर मैले चाहीँ के सोचेको छु भने विकास निर्माणका कामहरु अगाडि बढाउँदाखेरि प्राथमकिता निर्धारण गर्नुपर्दछ । पहिलो प्राथमिकता धेरे जनघनत्व भएको, मानिसको आवागमन धेरै हुने क्षेत्रलाई दिनुपर्छ । दोस्रो, जनताका उत्पादनहरु शहर र बजारसम्म ल्याउने वातावरण हुनुप¥यो । अर्को, हामी दुई ठूलो अर्थतन्त्र भएका देशका बचिमा छौं त्यसकारणले ति देशका सीमानाहरुमा रहेका सामान आयात गर्ने र निर्यात गर्ने वातावरण निर्माण गर्ने र कसरी हामीले अरु देशका उत्पादनहरु हाम्रो देशमा ल्याउनसक्छौं । चीनसँगको नाकालाई हामीले अब प्राथमकिता दिन्छौं ।

कुनै एक देशसँग मात्र निर्भर हुन नपरोस् भन्नका लागि सबै नाकाहरुमा एक्सेस बढाउने काम गर्छौं ।’बिहीवारबाट शुरु भएको प्रदर्शनी फागुन ११ गतेसम्म सञ्चालन हुनेछ । प्रदर्शनीमा विभिन्न देशका ३ सय भन्दा बढी कम्पनीहरुका १५० बढी स्टल रहेका छन् । प्रदर्शनीमा निर्माण सम्बन्धि उद्योग, कम्पनी, डिलर तथा सब डिलरहरु र विक्रेताहरुले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनहरुको बारेमा जानकारी लिन पाइनेछ ।


प्रकाशित मिति: ८ फाल्गुन २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?