Trending
>>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

प्रधानमन्त्री बन्लान पूर्वराजा ज्ञानेन्द्र?


काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठले नेपालमा राजसंस्था पुनर्स्थापनाको सम्भावना नै नरहेको बताएका छन् । हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले पूर्वराजा ज्ञानेन्द्र अब प्रधानमन्त्री बन्न सक्ने तर फेरि श्रीपेच लगाउने सपना (राजा बन्ने) नदेख्दा नै राम्रो हुने बताएका हुन् ।

प्रजातन्त्र दिवसको दिन पूर्वराजा ज्ञानेन्द्रले सार्वजनिक गरेको शुभकामना सन्देशले राजनीतिक दलभित्र तरङ्ग ल्याइदिएको छ । सोही सन्दर्भमा केन्द्रीत हुँदै नेता श्रेष्ठले भने,‘उहाँ (ज्ञानेन्द्र) नेता बन्न सक्नुहुन्छ, राजा बन्न सक्नुहुन्न । राजसंस्था फर्किँदैन, अब सम्भावना छैन । ज्ञानेन्द्रजीले मुभमेन्ट गरेर, पार्टी खोलेर उहाँ नेता बन्न सक्नुहुन्छ । नेता बनेर पार्टीले राम्रो काम गर्दै गर्यो, उहाँलाई जनताले साथ दिए भने उहाँ प्रधानमन्त्री बन्न सक्नुहोला । तर, फेरि श्रीपेच लाउने सपना उहाँले नदेखे हुन्छ ।’

नेता श्रेष्ठले अहिले कांग्रेस–एमालेसहितको सत्ता गठबन्धन तलमाथि हुने प्रश्न नै नरहेको बताए । उही गठबन्धनमा रहेर अबको १७ महिनापछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने उनले बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले अगामी १७ महिनापछि देउवालाई सत्ता हस्तान्तरण गर्नेमा आफू ढुक्क रहेको उनले बताए । पुष्पकमल दाहाल ‘प्रचण्ड’ को जादु सबैले थाहा पाइसकेकाले अब जालमा कोही फस्नेवाला नरहेको बताए ।


प्रकाशित मिति: ८ फाल्गुन २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?