Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

प्रधानमन्त्री बन्लान पूर्वराजा ज्ञानेन्द्र?


काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठले नेपालमा राजसंस्था पुनर्स्थापनाको सम्भावना नै नरहेको बताएका छन् । हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले पूर्वराजा ज्ञानेन्द्र अब प्रधानमन्त्री बन्न सक्ने तर फेरि श्रीपेच लगाउने सपना (राजा बन्ने) नदेख्दा नै राम्रो हुने बताएका हुन् ।

प्रजातन्त्र दिवसको दिन पूर्वराजा ज्ञानेन्द्रले सार्वजनिक गरेको शुभकामना सन्देशले राजनीतिक दलभित्र तरङ्ग ल्याइदिएको छ । सोही सन्दर्भमा केन्द्रीत हुँदै नेता श्रेष्ठले भने,‘उहाँ (ज्ञानेन्द्र) नेता बन्न सक्नुहुन्छ, राजा बन्न सक्नुहुन्न । राजसंस्था फर्किँदैन, अब सम्भावना छैन । ज्ञानेन्द्रजीले मुभमेन्ट गरेर, पार्टी खोलेर उहाँ नेता बन्न सक्नुहुन्छ । नेता बनेर पार्टीले राम्रो काम गर्दै गर्यो, उहाँलाई जनताले साथ दिए भने उहाँ प्रधानमन्त्री बन्न सक्नुहोला । तर, फेरि श्रीपेच लाउने सपना उहाँले नदेखे हुन्छ ।’

नेता श्रेष्ठले अहिले कांग्रेस–एमालेसहितको सत्ता गठबन्धन तलमाथि हुने प्रश्न नै नरहेको बताए । उही गठबन्धनमा रहेर अबको १७ महिनापछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने उनले बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले अगामी १७ महिनापछि देउवालाई सत्ता हस्तान्तरण गर्नेमा आफू ढुक्क रहेको उनले बताए । पुष्पकमल दाहाल ‘प्रचण्ड’ को जादु सबैले थाहा पाइसकेकाले अब जालमा कोही फस्नेवाला नरहेको बताए ।


प्रकाशित मिति: ८ फाल्गुन २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?