८ ,असोज ,हाङ्जाउ,चीन । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत चीनको हाङ्जाउमा आइतबारसम्म नेपाली खेलाडीको प्रदर्शन सन्तोषजनक रहेको छैन । उसुको पुरुष थाउलो छाङछ्वानमा नेपालका विजय सिंजालीले सातौं स्थान हासिल गरे । चौध खेलाडी सहभागी रहेको उक्त स्पर्धामा सिजालीले नौ दशमलव सात सय तीन स्कोर गरे । सो स्पर्धामा आयोजक चीनका
७ असोज ,काठमाडौँ । राष्ट्र बैंकले राष्ट्रिय जनावर गाईको चित्र अङ्कित ‘मेडालियन सिक्का’को विक्री वितरण सुरु गरेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्रिय जनावर गाईको चित्र अङ्कित ‘मेडालियन सिक्का सार्वजनिक गरेका हुन् । २५ ग्राम सिक्काको मूल्य रु.४,००० र १० ग्राम सिक्काको मूल्य रु.१,६०० निर्धारण गरिएको छ ।
७ असोज ,काठमाडौँ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यमा आसरा सुधार केन्द्र रानीबारीको २७औं वार्षिकोत्सव सोही केन्द्रको कार्यालय रानीबारीमा आइतबार आयोजित एक समारोहबीच विविध कार्यक्रमकासाथ सम्पन्न भएको छ । सो अवसरमा प्रहरी महानिरीक्षक कुँवर र उक्त केन्द्रकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरले केन्द्रको नेतृत्वदायी भूमिकामा महत्वपूर्ण योगदान पुर्याई केन्द्रलाई
७ ,असोज ,कपिलवस्तु । शिवराज नगरपालिका-९ चमरभुजियास्थित सुरई खोला छेउको चौरमा विजयनगर गाउँपालिका-१ जौवावैरात बस्ने ७५ वर्षीय पुर्वि थारु आइतबार मृत अवस्थामा फेला परेका छन् । रौतहट, माधव नारायण नगरपालिका-८ पिपरा रजवास्थित बागमती खोलामा हाल नाम, थर, वतन नखुलेका करिब ९ वर्षीय बालक आइतबार मृत अवस्थामा फेला परेका छन् ।
७ ,असोज ,धनुषा । क्षिरेश्वरनाथ नगरपालिका-१ रमदैयास्थित सडकमा मधेश प्रदेश-०२-००६ प ४८७६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा चालक सिरहा लक्ष्मीपुर पतरी गाउँपालिका-२ बस्ने २३ वर्षीय आयुष कुमार रायको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
७ ,असोज ,काठमाडौँ ।चन्द्रागिरी नगरपालिका-२ स्थित चेक प्वाईन्टमा जाँच गर्ने क्रममा झापा बिर्तामोड नगरपालिका-८ बस्ने २९ वर्षीय टंक बहादुर मगरलाई अवैध लागूऔषध खैरो हिरोईन जस्तो पदार्थ ९ ग्रामसहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा र लागू औषध नियन्त्रणको संयुक्त टोलीले बा.प्र ०३-००१ख २५१३ नम्बरको बसलाई जाँच
७ ,असोज ,काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुस्लिम समुदायका लागि आफ्नो पार्टीमा समानुपातिक समावेशी आरक्षणको व्यवस्था सुनिश्चित गरेको बताएका छन् । कांग्रेसको भ्रातृ संस्था नेपाल मुस्लिम सङ्घको तेस्रो महाधिवेशनको उद्घाटन समारोहमा आज उनले मुस्लिम समुदायलाई राज्यका निकायमा पनि संविधानअनुसार समानुपातिक समावेशी आरक्षणको व्यवस्था गरिएको उल्लेख गरे
७ ,असोज ,काठमाडौँ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले लागुऔषध विरूद्धको लडाइँमा आसरा सुधार केन्द्रको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् । काठमाडौँमा आज भएको आसरा सुधार केन्द्र रानीबारीको २७औँ वार्षिकोत्सव समारोहमा उनले कुलतमा फसेका व्यक्तिहरूलाई पुनःजीवन प्राप्तिको यात्रामा मद्दत गर्ने प्रतिबद्धताका साथै सामाज रूपान्तरणका लागि खेलेको भूमिका पनि उत्तिकै सराहनीय रहेको
७ ,असोज ,दमक (झापा) । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सबै जातजाति भाषाभाषीहरूको मागलाई सम्बोधन गर्नु सरकारको दायित्व भएको बताएका छन् । कोशी प्रदेशको नामकरणमा असहमति जनाउँदै पहिचानवादी समूहले आन्दोलन चलाइरहेको बेला आज झापाको दमक आइपुग्नुभएका अध्यक्ष विजुक्छेले देशका सबै भाषाहरूको संरक्षण गरी भाषिक, सांस्कृतिक रूपमा बलियो देश
७ ,असोज ,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको राष्ट्रकवि माधव घिमिरे पुरस्कार वरिष्ठ समालोचक प्राडा वासुदेव त्रिपाठीलाई प्रदान गरेका छन् । राष्ट्रकवि स्व घिमिरेको १०४औँ जन्मजयन्तीका अवसरमा मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानले आज शीतल निवासमा आयोजना गरेको कार्यक्रममा राष्ट्रपति पौडेलले रु एक लाख राशि र सम्मानपत्रसहितको ‘राष्ट्रकवि माधव घिमिरे पुरस्कार’ वरिष्ठ