Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

रास्वपाको संसदीय दल र केन्द्रीय समितिको बैठक बस्दै


काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आज संसदीय दल र केन्द्रिय समितिको बैठक बस्दै छ । बैठक आज दिउँसो १ बजे पार्टी मुख्यालय वनस्थलीमा बस्न लागेको बैठकमा जाजरकोटको बारेकोट–१ रामीडाँडा केन्द्र गरी गएको भूकम्पमा पार्टीले गरेको कार्यबारे छलफल हुने बताइएको छ । त्यस्तै, आजको बैठकले पार्टीको पहिलो महाधिवेशनको प्रक्रिया सुरु गर्नेबारे पनि छलफल गर्ने छ भने यसअघि रास्वपाले संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक मधेस प्रदेशमा गर्ने तयारी गरेको थियो । गत कात्तिक १७ गते जाजरकोट केन्द्र गरी भूकम्प गएपछि मधेस प्रदेशमा गर्ने भनिएको बैठक स्थगित गरेको थियो भने सो बैठकमा भूकम्प प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनर्स्थापनाका सन्दर्भमा सरकारको कामको समीक्षा गरिने पार्टीका महामन्त्री मुकुल ढकालले जानकारी दिएका छन् ।


प्रकाशित मिति: २३ कार्तिक २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?