Trending
>>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले >>   काँग्रेस इतर पक्ष लक्षित रविको टिप्पणीः ‘कचकच गर्ने’ नेताहरूलाई छोडिदिनु नै उचित >>   काँग्रेसको आत्मा वीपी–गणेशमानकै पथमा छ, अब शैली र संस्कार बदल्नुपर्छः गगन थापा >>   लोकतन्त्र जोगाउन दलहरू एक हुनुपर्छः महासचिव पोखरेल >>   ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’:राजेन्द्र लिङदेन
Logo
१९ आश्विन २०८३, सोमबार
१९ आश्विन २०८३, सोमबार

प्लास्टिकजन्य फूलको गुच्छा प्रयोग नगर्नुस् : प्रजिअ गैरे


काठमाडौं। जिल्ला प्रशासन कार्यालय धादिङले प्लास्टिकजन्य फूलको गुच्छा, माला जस्ता सामग्रीको प्रयोग तथा बिक्री वितरण नगर्न आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले चाडपर्व, सार्वजनिक समारोह, मेला, महोत्सव तथा अन्य कार्यमा प्लास्टिकजन्य फूलकोगुच्छा, मालालगायतका सामग्रीको प्रयोग तथा बिक्रीवितरणलाई पूर्णरुपमा नियन्त्रण गरिने बताएका छन् ।उनले स्थानीयस्तरमा उत्पादित फूल तथा कृषि उपजहरुको प्रयोग गर्न गराउन जिल्लास्थित सार्वजनिक निकाय, राजनैतिक दल, उद्योगी व्यवसायी, नागरिक समाजलगायत सम्पूर्ण जिल्लावासीमा अनुरोध समेत गरेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङले एक सूचना जारी गर्दै प्लास्टिकजन्य फूलका गुच्छा, मालाआदिको उत्पादन, बिक्री वितरण वा भण्डारण गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जनाएको छ ।

त्यसैगरी किसानबाट उत्पादित फूल स्थानीय माग धान्न पर्याप्त रहेको उल्लेख गर्दै सरकारले २०७९ साउन १२ गते राजपत्रमा सूचना प्रकाशित गरी नेपालभर प्लास्टिकजन्य फूलको गुच्छा उत्पादन, आयात, बिक्री वितरण वा भण्डारणमा पूर्णरुपमा रोक लगाएको कार्यालयद्वारा आज जारी सूचनामा स्मरण गराइएको छ । उक्त प्लास्टिकजन्य फूलका गुच्छा, मालाका साथै चाडपर्वको समयमा हुनसक्ने कालोबजारी, तथा कृत्रिम अभावको सिर्जना गरी मूल्यवृद्धि गर्ने जस्ता कार्य नियन्त्रणका लागि बजार अनुगमनलाई तीव्रता दिइएको प्रमुख जिल्ला अधिकारी गैरेले जानकारी दिए ।


प्रकाशित मिति: २३ कार्तिक २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?