Trending
>>   प्रधानमन्त्री बालेन्द्र साह दिल्लीमा, आजै भारतीय विदेशमन्त्रीसँग भेटवार्ता हुने >>   हिन्दुराष्ट्र स्थापना गर्न सडक र सदन दुवै ठाउँबाट आवाज उठाउनुपर्छः खुश्बु ओली >>   सबै दलको सहमतिमा सरकार बनाउँछौँः मुख्यमन्त्री यादव >>   मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले लिए शपथ >>   प्रधानमन्त्री बालेन्द्र साह दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान >>   प्रधानमन्त्री साहको भारत भ्रमणमा सहभागी हुन निर्माण व्यवसायी महासङ्घको टोली भारत प्रस्थान >>   भारतमा रहेका नेपालीको पीडाः पहिचान लुकाउनुपर्ने बाध्यतादेखि असुरक्षित यात्रासम्म >>   इरान अमेरिकी शर्तमा सहमत हुन तयार नभएको ट्रम्पको भनाइ, वार्ता अनिश्चित >>   लण्डनमा सैन्य खर्च कटौतीको माग गर्दै प्रदर्शन, शिक्षा र स्वास्थ्यमा लगानी बढाउन आग्रह >>   प्रधानमन्त्री बालेन्द्र साहलाई राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्ने
Logo
६ मंसिर २०८३, आईतवार
६ मंसिर २०८३, आईतवार

समाचार


कलाकार सानु ताम्राकारको निधन

९ ,भाद्र ,काठमाडौँ । कलाकार तथा जादुगर सानु ताम्राकारको ७४ वर्षमा उमेरमा उपचारका क्रममा निधन भएको छ । काठमाडौँस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा आज दिउँसो ३ः२० बजे ताम्राकारको निधन भएको नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौलाले जानकारी दिए । उनले भने, “विगत २४ दिनदेखि उपचाररत रहनुभएका उहाँ हामीमाझ रहनुभएन

कसैको धर्म, संस्कृति र परम्पराप्रति कसैले दखल पुर्याउनु उचित हुँदैन : नेपाली कांग्रेस

९ भदाै, काठमाडाैँ । नेपाली कांग्रेसले सामाजिक, धार्मिक र राजनैतिक सद्भावका लागि सार्वजनिक अपिल गरेको छ । पछिल्लो समय धरानमा भइरहेको घटनाक्रमबारे चिन्ता प्रकट गर्दै कांग्रेसले सद्भावको अपील गरेको हो । पार्टी सभापति शेरबहादुर देउवाले एक विज्ञप्तीमार्फत कसैको धर्म, संस्कृति र परम्पराप्रति कसैले दखल पुर्याउनु उचित नभएको बताएका छन् । देउवाको

धार्मिक सद्भाव नेपालीको पहिचान हो : शेखर कोइराला

९ भदौ, मोरङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले धार्मिक सद्भाव नेपालीको पहिचान भएको बताएका छन् । नेपाल प्रेस युनियन मोरङको आज विराटनगरमा आयोजित पदस्थापन समारोहमा उनले नेपाल बहुजातीय, बहुधार्मिक र बहुभाषिक मुलुक भएकाले सामाजिक एवं धार्मिक सद्भाव कायम राख्न सबैलाई आग्रह गरे । सङ्घीय सांसद डा कोइरालाले

नेपालले जित्यो महिला टी–२० सिरिजको उपाधि

९ भदाै, काठमाडाैँ । चार देश सम्मिलित महिला टी–ट्वान्टी सिरिजको उपाधि नेपालले जितेको छ । आज भएको फाइनल खेलमा नेपालले हङकङलाई १३ रनले हराउँदै उपाधि हात पारेको हो । नेपालले ब्याटिङ गरिरहँदा वर्षा भएपछि खेलको छिनोफानो डकवर्थ लुइस पद्दतीका आधारमा गरिएको हो । मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा नेपालले

सामाजिक सद्भाव विथोल्ने अभिव्यक्तिप्रति सचेत बनौँ : सभापति लामिछाने

९ भदौ, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सामाजिक सद्भाव विथोल्ने अभिव्यक्तिप्रति सचेत रहन आग्रह गरेका छन् । पार्टीको टोखा नगरपालिकाको भेलामा आज उनले जातजाति र समुदायसित होइन बल्की बेथिति र भ्रष्टचारविरुद्ध लड्नपर्ने बताए । “जातीय र धार्मिक समुदायबीच द्वन्द्व बढाउने र समाजको सद्भाव खलबल्याउने अभिव्यक्तिप्रति

बालेन साहलाई काङ्ग्रेसमा ल्याउनुपर्छ : सहमहामन्त्री आङ्देम्बे

९ भदाै, काठमाडाैँ । नेपाली काङ्ग्रेसमा सहमहामन्त्री भीष्मराज आङ्देम्बेले बालेन साहलाई पार्टीमा ल्याउनुपर्ने बताएका छन् । शनिबार एक कार्यक्रममा बोल्दै आङ्देम्बेले स्वतन्त्र मेयर साहलाई पार्टीमा ल्याउने वातावरण मिलाउनुपर्ने बताएका हुन् । रचनात्मक अभियानको नेतृत्व गरेका साहलाई कांग्रेसमा ल्याउने वातावरण बनाउन आङ्देम्बेको आग्रह थियो । उनले उक्त कार्यक्रममा भनेका छन्, 'अब त्यो

पार्टी रुपान्तरण र सुधारको काम आफैँबाट सुरु गरौँ : उपसभापति खड्का

९ भदौ, काठमाडाैँ । नेपाली कांग्रेसका उपसभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले पार्टी रुपान्तरण र सुधार आफैँबाट सुरु गर्नुपर्नेमा जोड दिएका छन् । काठमाडौँ क्षेत्र नं ३ को क्षेत्रीय भेलामा उहाँले गाउँ तहदेखि केन्द्रीय तहसम्मका सबै नेतालाई पार्टी रुपान्तरण र सुधारका लागि आफैँबाट सुरु गर्न सुझाव दिए । “अरुलाई भन्नुभन्दा हरेक

लागू औषध अभियोगमा १ सय ३० जना पक्राउ

९ भदाै, एजेन्सी । सिङ्गापुरका अधिकारीहरूले लागू औषध बोकेको अभियोगमा एक सय ३० जनालाई पक्राउ गरेका छन् । केन्द्रीय लागू औषध नियन्त्रण विभाग(सिएनबी) ले आज एक विज्ञप्ति निकालेर यही अगस्ट १४ देखि २५ सम्म गरिएको देशव्यापी खोजतलासको कारवाहीमा एक सय तीस ३० जनालाई पक्राउ गरेको जानकारी दिएको हो । सिएनबीले दुई

तरकारीले पाएन बजार

९ भदौ, बैतडी । यहाँका किसानले उत्पादन गरेको तरकारीले बजार नपाउँदा समस्या भएको छ । मेहनत गरेर उत्पादन गरेको तरकारीले बजार नपाउँदा लाखौँको क्षतिसमेत पुगेको छ । दशरथचन्द नगरपालिका–१ गुरुखोलाका किसानले लगाएको बन्दाले बजार नपाउँदा बारीमै कुहिएको स्थानीय मानबहादुर टेरले बताए । बारीमा लगाएको बन्दा कुहिन थालेपछि चिन्ता बढेको छ

जसपा अध्यक्ष उपेन्द्र यादव भारत प्रस्थान

९ भदाै, काठमाडाैँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव भारत प्रस्थान गरेका छन् । उनि पारिवारिक कामका सिलसिलामा भारतको केरला गएका हुन् । जसपाका प्रवक्ता मनिषकुमार सुमनका अनुसार अध्यक्ष यादव भारतको नयाँदिल्ली हुँदै केरलाको कोची जानेछन् । उनि एक सातापछि स्वदेश फर्किने प्रवक्ता सुमनले बताए ।

सम्वन्धित समाचारहरु