Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

धार्मिक सद्भाव नेपालीको पहिचान हो : शेखर कोइराला


९ भदौ, मोरङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले धार्मिक सद्भाव नेपालीको पहिचान भएको बताएका छन् । नेपाल प्रेस युनियन मोरङको आज विराटनगरमा आयोजित पदस्थापन समारोहमा उनले नेपाल बहुजातीय, बहुधार्मिक र बहुभाषिक मुलुक भएकाले सामाजिक एवं धार्मिक सद्भाव कायम राख्न सबैलाई आग्रह गरे ।

सङ्घीय सांसद डा कोइरालाले मुलुकमा कुनै पनि धर्मको बाहुल्यता नभएको तर संविधानमा लेखिएका कुरालाई पालना गर्नुपर्नेमा जोड दिए । “जातीय एवं पहिचानका आधारमा प्रदेशको नामकरण गर्छौँ भन्नु गलत विचार हो”, उनले भने । कोशी प्रदेशमा संविधानको पालना गरी सरकार निर्माण गर्न नेता कोइरालाले सुझाव दिए । जनताले बुझने गरी ललिता निवास, भूटानी शरणार्थी, सुन तस्करी काण्डलगायतको छिनोफानो गरेमा मात्र मुलुकमा विश्वासको वातावरण सिर्जना भई सुशासन कायम हुने उनको भनाइ थियो ।

मोरङ युनियनका नव निर्वाचित अध्यक्ष वेदराज पौडेलाई पद हस्तान्तरण गर्न आयोजित उक्त कार्यक्रममा नेपाल पत्रकार महासङ्घ कोशी प्रदेश अध्यक्ष लीलावल्लभ घिमिरे, नेपाल उद्योग परिसङ्घ कोशीका अध्यक्ष भीम घिमिरे, उद्योग सङ्गठन मोरङका अध्यक्ष राकेश सुराना, कांग्रेसका कोशी प्रदेश कोषाध्यक्ष राजेश गुप्तालगायतले विकासलाई प्राथमिकतामा राखी सत्यतथ्यका आधारमा समाचार पस्कन सञ्चारकर्मीसित आग्रह गरे ।


प्रकाशित मिति: ९ भाद्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?