Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

कसैको धर्म, संस्कृति र परम्पराप्रति कसैले दखल पुर्याउनु उचित हुँदैन : नेपाली कांग्रेस


९ भदाै, काठमाडाैँ । नेपाली कांग्रेसले सामाजिक, धार्मिक र राजनैतिक सद्भावका लागि सार्वजनिक अपिल गरेको छ । पछिल्लो समय धरानमा भइरहेको घटनाक्रमबारे चिन्ता प्रकट गर्दै कांग्रेसले सद्भावको अपील गरेको हो ।

पार्टी सभापति शेरबहादुर देउवाले एक विज्ञप्तीमार्फत कसैको धर्म, संस्कृति र परम्पराप्रति कसैले दखल पुर्याउनु उचित नभएको बताएका छन् ।

देउवाको हस्ताक्षर सहितको विज्ञप्तिमा भनिएको छ, ‘नेपालको कानुनले हरेक व्यक्ति र सम्प्रदायलाई अरूको धर्म, संस्कृति र आस्थाप्रति चोट नपुर्याइ आ-आफ्नो धर्म, संस्कृतिको पालना गर्ने स्वतन्त्रता प्रदान गरेको भुल्नु हुँदैन ।’

कांग्रेसले नेपालीको भावना र चाहना विपरित धार्मिक-सामाजिक सद्भाव भड्काउने गतिविधि कसैको पनि हितमा नहुने र यो कुरा भुल्न नहुने धारणा  राखेको छ ।


प्रकाशित मिति: ९ भाद्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?