Trending
>>   कृषि तथा वन क्षेत्रलाई उद्योग र बजारसँग जोड्ने गरी सरकारले नीतिगत तयारी गर्दैछः मन्त्री चौधरी >>   चितवन जिल्ला प्रशासनको चेपाङ बस्तीमा घुम्ती शिविर, ९० जनाले पाए नागरिकता >>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी
Logo
१५ आश्विन २०८३, बिहीबार
१५ आश्विन २०८३, बिहीबार

कसैको धर्म, संस्कृति र परम्पराप्रति कसैले दखल पुर्याउनु उचित हुँदैन : नेपाली कांग्रेस


९ भदाै, काठमाडाैँ । नेपाली कांग्रेसले सामाजिक, धार्मिक र राजनैतिक सद्भावका लागि सार्वजनिक अपिल गरेको छ । पछिल्लो समय धरानमा भइरहेको घटनाक्रमबारे चिन्ता प्रकट गर्दै कांग्रेसले सद्भावको अपील गरेको हो ।

पार्टी सभापति शेरबहादुर देउवाले एक विज्ञप्तीमार्फत कसैको धर्म, संस्कृति र परम्पराप्रति कसैले दखल पुर्याउनु उचित नभएको बताएका छन् ।

देउवाको हस्ताक्षर सहितको विज्ञप्तिमा भनिएको छ, ‘नेपालको कानुनले हरेक व्यक्ति र सम्प्रदायलाई अरूको धर्म, संस्कृति र आस्थाप्रति चोट नपुर्याइ आ-आफ्नो धर्म, संस्कृतिको पालना गर्ने स्वतन्त्रता प्रदान गरेको भुल्नु हुँदैन ।’

कांग्रेसले नेपालीको भावना र चाहना विपरित धार्मिक-सामाजिक सद्भाव भड्काउने गतिविधि कसैको पनि हितमा नहुने र यो कुरा भुल्न नहुने धारणा  राखेको छ ।


प्रकाशित मिति: ९ भाद्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?