Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

तरकारीले पाएन बजार


९ भदौ, बैतडी । यहाँका किसानले उत्पादन गरेको तरकारीले बजार नपाउँदा समस्या भएको छ । मेहनत गरेर उत्पादन गरेको तरकारीले बजार नपाउँदा लाखौँको क्षतिसमेत पुगेको छ ।

दशरथचन्द नगरपालिका–१ गुरुखोलाका किसानले लगाएको बन्दाले बजार नपाउँदा बारीमै कुहिएको स्थानीय मानबहादुर टेरले बताए । बारीमा लगाएको बन्दा कुहिन थालेपछि चिन्ता बढेको छ । उनले भने, “किसानको बन्दा बारीमै कुहिँदा लाखौँको क्षति भएको छ, बजारमा बिक्री नहुँदा बारीमै कुहिएर नष्ट भएको छ ।”

बारीमै बन्दा कुहिन थालेपछि व्यावसायिकरुपमा तरकारीखेतीमा लागेका किसान समस्यामा परेका छन् । यस्तै जिल्लाको सिगास र सुर्नया गाउँपालिकामा उत्पादित आलुले पनि बजार पाएको छैन । उत्पादित आलुले बजारमा खासै मूल्य पाउन नसकेको सिगास–१ का किसान रोशन साउदले बताए ।

उनले भने, “बजार भाउ निकै कम दिइरहेका छन्, रु ७० प्रतिकिलो बीउ किनेर लगाएका थियौँ, उत्पादन पनि राम्रो भयो, तर बजार भाउ भने त्यसको आधा मात्रै छ ।” वडा नं १ मा ५० देखि ६० रोपनीमा करिब तीन सय क्विन्टल आलु उत्पादन भएको भए पनि बजारमा मूल्य पाइएको छैन । भण्डारणका लागि शितभण्डार नभएकाले पनि समस्या भएको छ ।

शितभण्डार नहुँदा सुर्नया–७ का दानबहादुर मडैले ५० क्विन्टल बढी आलु घरमा राखेका छन् । उनले भने, “आलुले उपयुक्त बजार मूल्य पाएको छैन, भण्डारण गर्न शितभण्डार नहुँदा घरमै राखेका आलु बिग्रिन थालेका छन् ।” बैतडीमा एक वर्षमा १३ हजार नौ सय मेट्रिकटन तरकारी उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।


प्रकाशित मिति: ९ भाद्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?