Trending
>>   सेना परिचालनबारे अध्यक्ष ओलीको अभिव्यक्तिलाई गलत व्याख्या गरियो : एमाले >>   एमाले समानुपातिक उम्मेदवारको बन्दसूची पारित, सोमबार निर्वाचन आयोगमा बुझाउने >>   काठमाडौं मेडिकल कलेजमा ‘क्याथल्याव’ र ‘इपिल्याव’ प्रविधिः आधुनिक हृदय–मस्तिष्क उपचारमा नयाँ युग >>   रास्वपा–बालेन सम्झौताः संघीयता र धर्मनिरपेक्षताबारे मौन रहेको भन्दै जसपा नेपालको आपत्ति >>   चुनाव नै नभई प्रधानमन्त्रीको उम्मेद्वार बनाउने सहमति हाँस्यास्पद : एमाले >>   रवि–बालेनलाई काँग्रेस नेता राठौरको चुनौतिः सहकारी ठग र गँजेडीहरुले १० वर्ष पार्टी चलाएर देखाउन् >>   रवि–बालेनको सहमतिलाई अनौठो मान्नु पर्दैनः धनराज गुरुङ >>   रवि–बालेन सहमतिमा मुलुकलाई निकास दिने ठोस एजेण्डा छैनः राजनीतिक विश्लेषकहरू >>   काँग्रेसले समानुपातिक सूचि सोमवार आयोगमा बुझाउने >>   रवि र बालेनले सत्ता स्वार्थको लागि जेन–जी आन्दोलन हाइज्याक गर्न खोजेः योगेश भट्टराई
Logo
१४ पुष २०८२, सोमबार
१४ पुष २०८२, सोमबार

समाचार


ललिता निवास प्रकरण : सरकारसँग लिखित जवाफ माग

९ ,असोज ,काठमाडौँ । सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा बाबुराम भट्टराईविरुद्ध मुद्दा दर्ता नभएको विषयमा कारण देखाउ आदेश गर्दै लिखित जवाफ माग गरेको छ । न्यायाधीश विनोद शर्माको एकल इजलासले आज ललिता निवासको जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वयविरुद्ध मुद्दा दायरको विषयमा सरकारका नाममा कारण देखाउ आदेश गरेको

चिकित्सकमाथि आक्रमण गर्नेविरुद्ध कडा कारबाही हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ

९ ,असोज ,काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले चिकित्सकमाथि दुर्व्यवहार र आक्रमण गर्नेमाथि कडा कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा आज स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत, नेपाल मेडिकल काउन्सिल, नेपाल चिकित्सक सङ्घलगायत स्वास्थ्यकर्मीसँग सम्बन्धित सङ्घसंस्थाका प्रतिनिधिसँगको छलफलमा उनले स्वास्थ्यकर्मीलाई दुर्व्यवहार र कुटपिट हुन नदिइने प्रतिबद्धता व्यक्त

सम्भावना भएअनुसार आयुर्वेद पद्धतिको विकास हुन सकेन : स्वास्थ्यमन्त्री बस्नेत

९ ,असोज ,कीर्तिपुर । स्वास्थमन्त्री मोहनबहादुर बस्नेतले प्रकृतिले प्रचुर सम्भावना दिए पनि देशमा त्यसअनुरुपको आयुर्वेदिक चिकित्सा पद्धति विकास हुन नसकेको बताएका छन् । त्रिभुवन विश्वविद्यालय परिसरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रको आयोजनामा आजदेखि सुरु भएको पञ्चकर्म चिकित्सासम्बन्धी आधारभूत तालिमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले आयुर्वेदको विकास गर्नका लागि

अर्थमन्त्री डा महतद्वारा सहुलियतपूर्ण वित्तीय सहायता आह्वान

९ ,असोज ,काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महतले नेपालजस्ता अल्पविकसित मुलुकको विकासका लागि सहुलियतपूर्ण वित्तीय सहायताका लागि आह्वान गरेका छन् । इजिप्टको शार्म अल शेखमा आयोजित एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) को बोर्ड अफ गभर्नर्सको आठौँ बैठकमा गभर्नरको विजिनेस राउण्ड टेबलमा प्रमुख वक्ताको रूपमा सम्बोधन गर्दै डा महतले अल्पविकसित मुलुकको

कामपाले निर्धारण गर्‍यो अनुगमन गर्न १६ सूचक

९ ,असोज ,काठमाडौँ । काठमाडौँ महानगरपालिकाले स्वास्थ्य क्षेत्रको अनुगमन गर्न १६ वटा सूचक निर्धारण गरेको छ । अनुगमनमा जाँदा सेवामा असर नपुगोस्, अनुगमन टोलीले प्राप्त गर्नुपर्ने सूचना तथा विवरण सरल, सहज र विनाअवरोध प्राप्त गर्न सकियोस् तथा मापदण्ड र सेवाको गुणस्तर मापन गर्न सकियोस् भन्ने उद्देश्यले सूचक निर्धारण गरिएको कामपा

उपराष्ट्रपति यादवद्वारा ‘देउता बनाउने मान्छे’ पुस्तक लोकार्पण

९ ,असोज ,काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले आज ललितपुरमा आयोजित एक कार्यक्रममा कलाकार कालु कुमाले (कुम्हाः) को जीवनीमा आधारित पुस्तक ‘देउता बनाउने मान्छे’को लोकार्पण गरेका छन् । सो अवसरमा उनले धातु मूर्तिकलाका कलाकार कुमालेको जीवनमा आधारित पुस्तकबाट उनका आरोह, अवरोह, सङ्घर्ष र सफलताका पक्षबारे पाठकले जानकारी पाउने विश्वास व्यक्त

योजना आयोगको उपाध्यक्षमा पूर्वसचिव नियुक्त

९ ,असोज ,सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको योजना आयोगको उपाध्यक्षमा पूर्वसचिव अनुपकुमार उपाध्याय नियुक्त भएका छन् । सुदूरपश्चिम मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयबमोजिम उपाध्यायलाई प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा नियुक्त गरिएको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव धीरेन्द्र शाहीले जानकारी दिए । डोटी जिल्लाको बोगटानफुटशिल गाउँपालिको खत्याडी गाउँ स्थायी ठेगाना भई हाल कैलालीको

शिक्षकका समस्या हल हुने गरी विधेयक पारित गर्नुपर्छ : सभापति देउवा

९ ,असोज ,काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सामुदायिक विद्यालयका शिक्षक–कर्मचारी र सरोकारवालाका समस्या हल हुने गरी विद्यालय शिक्षासम्बन्धी विधेयक पारित गर्नुपर्ने बताउएका छन् । प्रतिनिधिसभामा दर्ता भएको र शिक्षकसँगको सहमतिलगायतका विषयमा कांग्रेस संसदीय दलले राखेको सरोकार भएका पक्षसँगको छलफल कार्यक्रमको समापनमा सभापति देउवाले भने, “सधैँभरि समस्या बल्झाएर राखेर

प्रधानमन्त्री प्रचण्ड र छोङछिङ महानगरपालिका सचिव युआनबीच भेटवार्ता

बेइजिङ। चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य एवं सो पार्टीको छोङछिङ महानगरपालिका सचिव युआन चियाचुनसँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री दाहाल आज चिनियाँ सहर छोङछिङ पुगेका थिए । आज छोङछिङ महानगरपालिकामा उनको भेटवार्ता भएको थियो । सो वार्तामा द्विपक्षीय हित

चाडबाड लक्षित सहुलियत पसल असोज २१ गतेदेखि मङ्सिर ३ गतेसम्म

काठमडौं । चाडवाड लक्षित सहुलियत मूल्य पसल असोज २१ गतेदेखि मङ्सिर ३ गतेसम्म सञ्चालन गरिनेभएको छ । आम उपभोक्ताको हितलाई ध्यानमा राखी अत्यावश्यक खाद्य तथा उपभोग्य वस्तु सुपथ मूल्यमा उपलब्ध गराउन चाडबाड अवधिभर उक्त पसल सञ्चालनमा ल्याउन लागिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता गजेन्द्र कुमार ठाकुरले जानकारी दिनुभयो ।

सम्वन्धित समाचारहरु