Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

योजना आयोगको उपाध्यक्षमा पूर्वसचिव नियुक्त


९ ,असोज ,सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको योजना आयोगको उपाध्यक्षमा पूर्वसचिव अनुपकुमार उपाध्याय नियुक्त भएका छन् ।

सुदूरपश्चिम मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयबमोजिम उपाध्यायलाई प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा नियुक्त गरिएको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव धीरेन्द्र शाहीले जानकारी दिए ।

डोटी जिल्लाको बोगटानफुटशिल गाउँपालिको खत्याडी गाउँ स्थायी ठेगाना भई हाल कैलालीको दुर्गौलीमा बसोबास गर्ने नवनियुक्त उपाध्यक्ष उपाध्यायसँग ऊर्जा, जलस्रोत, सिँचाइ मन्त्रालयमा बसेर काम गरेको अनुभव छ ।

नेपाल विद्युत् प्राधिकरणको पूर्वअध्यक्षसमेत रहेका उनले सार्वजनिक खरिद अनुगमन कार्यालयमा समेत काम गरेका थिए ।

मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शाहीले नवनियुक्त उपाध्यक्ष उपाध्याय ऊर्जा, जलस्रोत इलेक्ट्रिकल इन्जिनियरिङलगायत क्षेत्रमा अनुभवी व्यक्ति भएको बताए ।हालसम्म आयोगको उपाध्यक्षमा मोहनदेव विष्ट थिए ।

यसैगरी धनगढी निवासी अधिवक्ता ठेकेन्द्रराज जोशीलाई प्रदेश सरकारले महान्यायाधिवक्तामा नियुक्त गरेको छ । कानुन विषयमा स्नातकोत्तर जोशी सुदूरपश्चिम प्रदेशमा एक सफल कानुन व्यवसायीको रुपमा चिनिन्छन् ।

उनि विसं २०५८ देखि अधिवक्ताको रुपमा काम गर्दै आएका छन् । महान्यायाधिवक्तामा कुलानन्द उपाध्यायले पदबाट राजीनामा दिएपछि सरकारले जोशीलाई सो पदमा नियुक्त गरेको हो ।


प्रकाशित मिति: ९ आश्विन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?