Trending
>>   रुसद्वारा ‘कोन्डोर–एफकेए रडार’ उपग्रह प्रक्षेपण >>   गुगलद्वारा फिनल्यान्डमा डाटा सेन्टर विस्तार >>   सत्ता समीकरण परिवर्तन गर्न पर्दाभित्र र बाहिर कसैले कोशिस नगरे हुन्छः उपप्रधानमन्त्री पौडेल >>   युद्धविरामपछि विस्थापित लेबनानीहरू घर फर्किए >>   स्थानीय तह उपनिर्वाचन: सम्पूर्ण तयारी पूरा >>   आज बाला चतुर्दशी, पाशुपत क्षेत्रमा शतबीज छर्नेको भीड (तस्बिरहरु) >>   नेपाललाई एमसिसि बोझ भयो, बीआरआईमा विवाद नगरौँः झलनाथ खनाल >>   बीआरआई अन्तर्गतका योजना अनुदानस्वरुप अघि बढाउन चीन सकारात्मकः परराष्ट्रमन्त्री राणा >>   सुदूरपश्चिम रोयल्सद्वारा ग्लोवल आईएमई बैंकसँग प्रमुख प्रायोजन सम्झौता >>   धनुषाको लक्ष्मीनिया गाउँपालिकाका वृद्धवृद्धाले असारदेखि पाएनन् सामाजिक सुरक्षा भत्ता
Logo
१५ मंसिर २०८१, शनिबार
१५ मंसिर २०८१, शनिबार

उपराष्ट्रपति यादवद्वारा ‘देउता बनाउने मान्छे’ पुस्तक लोकार्पण


९ ,असोज ,काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले आज ललितपुरमा आयोजित एक कार्यक्रममा कलाकार कालु कुमाले (कुम्हाः) को जीवनीमा आधारित पुस्तक ‘देउता बनाउने मान्छे’को लोकार्पण गरेका छन् ।

सो अवसरमा उनले धातु मूर्तिकलाका कलाकार कुमालेको जीवनमा आधारित पुस्तकबाट उनका आरोह, अवरोह, सङ्घर्ष र सफलताका पक्षबारे पाठकले जानकारी पाउने विश्वास व्यक्त गरे ।

इन्स्टिच्युट फर सोसियो कल्चर रिसर्च एण्ड एनासिस संस्थाले आयोजना गरेको कार्यक्रममा उपराष्ट्रपति यादवले भने, “कुनै पनि संस्कृति भनेको संस्कार र बुझाइ हो । मूर्तिकलामार्फत सहरी आभिजात्य संस्कृति होइन लोक संस्कृतिलाई समृद्ध बनाउने कुमालेको सिर्जनात्मक कार्य प्रशंसनीय छ ।”

उनले कुमालेले धातु मूर्तिकलामा बेजोड सौगात र अजम्बरी सिर्जना प्रस्तुत गरेमा खुसी व्यक्त गरे । साथै उनले कुमालेद्वारा सिर्जित मूर्ति मठ, मन्दिर, विहार, गुम्बामा पुजिँदै आएको बताउँदै यो महत्वपूर्ण योगदान र ऐतिहासिक कार्य सिङ्गो मुलुक र कला क्षेत्रका लागि एउटा गौरवको विषय पनि हो भने ।

उपराष्ट्रपति यादवले भने, “कालु कुमालेद्वारा सिर्जित मूर्ति अवलोकन गर्दा त्यसमा उहाँको मौलिक शिल्प प्रशस्तै देख्न सकिन्छ । केही फरक र रैथाने संस्कृति, मूल्य, आदर्श र परम्परालाई स्थापित गर्नुभएको छ । चित्रभाषा बुझ्नेले कलाकार कुमालेले सिर्जना गरेको मूर्तिमा उहाँको हृदय र मस्तिष्क दुवैको सामन्जस्यता सजिलै भेट्टाउन र पाउन सक्दछन् ।”

उनले मूर्तिकार कुमाले जस्तो श्रष्टा, सिर्जनाकार, कलाकार र व्यक्तित्वलाई सबैले सम्मान गर्दै उनका अद्वितीय कलाको संरक्षण र प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले महानगरले समाज र देशका लागि योगदान गर्ने विशिष्ट व्यक्तिलाई मरणोपरान्तभन्दा पनि जिउँदैमा सम्मान गर्ने नीति अवलम्बन गरी कार्यान्वयन गरेको बताए ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्ताम्छालीले कुमालेले आफ्नो परम्परागत पेसाको पहिचानलाई कलासँग जोडेर नामसमेत कमाएको भन्दै प्रशंसा गरे ।

लेखक तथा साहित्यकार कुमारी लामाले पुस्तकबारे समीक्षा गरेकि थिईन् । संस्थाका अध्यक्ष नवराज लामाले कुमालेले कला क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै नयाँ पुस्तालाई उनको जीवनी एक प्रेरणाको स्रोत हुने भन्ने ठानी उहाँको जीवनी प्रकाशित गरेको बताए ।

संस्थाका अनुसन्धान प्रमुख कैलाश राईले स्वागत गर्दै संस्थाका बारेमा जानकारी गराएका थिए । कुमालेका छोरा राकेश अवालेले हाल ९१ वर्र्षीय आफ्ना बुबाले गरेका काम र हालको दैनकीबारेमा सुनाएका थिए ।


प्रकाशित मिति: ९ आश्विन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?