११ ,असोज ,काठमाडौँ । जनमत पार्टीले आगामी दिनमा कुनै पनि पार्टीसँग गठबन्धन नगर्ने नीति लिएको छ । सङ्घीय सरकार र प्रदेश सरकारमा सहभागी सो पार्टीले तत्काल कुनै पनि पार्टीसँग एकीकरण पनि नगर्ने भएको छ । आगामी निर्वाचनलाई लक्षित गर्दै ‘मिसन–२०८४’ अभियान सुरु गरेको जनमतले पार्टीलाई देशभर स्थापित गर्न सङ्गठन निर्माणलाई
११ ,असोज ,खोटाङ । रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानीका सुमो चालक नवराज आचार्यको शव शङ्कास्पद अवस्थामा फेला परेको छ । यात्रुवाहक सुमो ऐसेलुखर्क–काठमाडौँ ओहोरदोहोर गराउँदै आएका ३३ वर्षीय चालक आचार्यको शव आज सोही गाउँपालिकाको वडा नं ३ ऐसेलुखर्क बजारस्थित त्रिभुवन माध्यमिक विद्यालयको गेट (प्रवेशद्वार) नजिकै मृत फेला परेको हो । चालक आचार्यको
११ ,असोज ,विराटनगर । विराटनगर महानगरपालिका–२ सोमबारेमा राष्ट्रिय विभूति योगमायाको अर्धकदको शालिक अनावरण गरिएको छ । विराटनगर महानगरपालिकाकी कार्यवाहक प्रमुख शिल्पा निराला कार्कीले शालिक अनावरण गर्दै राणा शासनकालमा देशमा भएका अन्याय, अत्याचार, भ्रष्टाचार, जातीय भेद्भाव, छुवाछूत, नारीमाथि गरिने अन्याय, शोषण, सामन्तवाद, सतिप्रथा जस्ता विकृति र विसङ्गति विरुद्ध आवाज उठाउने योगमायाको
११ ,असोज ,काठमाडौँ । सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयको ताला दुई महिनापछि खुलेको छ । विद्यार्थी सङ्गठनहरूले विभिन्न माग राख्दै केन्द्रीय कार्यालयमा गरेको तालाबन्दी विश्वविद्यालय प्रशासन र विद्यार्थी सङ्गठनबीच भएको सहमतिपछि खुलेको हो । विश्वविद्यालय प्रशासन र नेकपा(एकीकृत समाजवादी) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुबीच विश्वविद्यालयका नियुक्ति विश्वविद्यालयको ऐन, नियमबमोजिम गर्ने, विश्वविद्यालयको ऐनबमोजिम
११ ,असोज ,नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) रामग्राम नगरपालिका–१८ मा रहेको पुरातात्विक तथा ऐतिहासिकस्थल पण्डितपुरको विकासका लागि जापानी बौद्ध अनुरागीहरूको टोलीले चासो दिएको छ । बौद्ध महासङ्घका सल्लाहकार तथा एसियाली विकास बैंक एडिबीका पूर्व जनरल डाइरेक्टर नोरीतादा मोरीतासहितको टोलीले पण्डितपुरमा आएर यहाँको चौतर्फी विकासका लागि चासो व्यक्त गरेको हो । सो
११ ,असोज ,हाङझाउ (चीन) । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत महिला फुटबलतर्फ नेपालले बङ्लादेशसित बराबरी खेलेको छ । नेपाल र बङ्लादेश दुवैले एक एक गोलको बराबरी खेलेका हुन् । नेपालका लागि रेखा पौडेलले गोल गरेकी हुन् । वानझाउ ओलम्पिक स्पोर्टस् सेन्टरमा पौडेलले खेलको ८३औँ मिनेटमा गोल गरेकी हुन् । सावित्रा
काठमाडौं । लुक्ला क्षेत्रमा खराब मौसममा उडान गर्न नहुने नियम उल्लंघन गर्दै हेलिकप्टर उडाएपछि दुई कम्पनीका हेलिकप्टरको उडानमा नेपाल नागरिक उड्डयन प्राधिकरणले रोक लगाएको छ । प्राधिकरणका अनुसार दुई कम्पनीका ‘एएस३५० बी३ई’ मोडलका हेलिकप्टरको उडानमा बिहीबारदेखि नै प्रतिबन्ध लगाइएको हो । प्राधिकरण स्रोतका अनुसार यसरी प्रतिबन्ध लाग्ने कम्पनीमा श्री एयरलाइन्स
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन कतार प्रस्थान गरेका छन् । पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज पानस कतारले आयोजना गरेको विविध कार्यक्रममा सहभागी हुन उनी गएराति दोहा प्रस्थान गर्नुभएको सो पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार कतारमा रहँदा अध्यक्ष लिङ्देनले त्यहाँका विभिन्न नेपाली सङ्घ
काठमाडौं । नेकपा एमाले बागमती प्रदेश अध्यक्ष केशव पाण्डेले उम्मेदवारी फिर्ता लिएका छन् । सर्वसम्मतको प्रयास गर्न भन्दै उनले अध्यक्षको उम्मेदवारी फिर्ता लिएको बताएका छन् । तर अरु आकांक्षी टसमस भएका छैनन् । अध्यक्षका लागि वर्तमान अध्यक्ष पाण्डेसहित पूर्वसांसद कृष्ण दाहाल, पूर्व प्रदेशमन्त्री कैलाश ढुंगेल, पूर्व प्रदेश सभामुख सानुकुमार श्रेष्ठ
काठमाडौं । इन्द्रजात्रा अवलोकनको लागि काठमाडौंमा विभिन्न देशका जनप्रतिनिधिहरु आएका छन् । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह, उपप्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले इन्द्रजात्रा अवलोकन गर्न आएका विदेशी पाहुनालाई स्वागत गरेका छन् । महानगरपालिकाको निमन्त्रणामा इन्द्रजात्रा अवलोकनका लागि तीन देशका पाँच नगर र एउटा संस्थाबाट प्रतिनिधित्व गर्दै