Trending
>>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु) >>   भारी वर्षाको पूर्वानुमानसँगै पदयात्रा र हिमाल आरोहणमा उच्च शतर्कता अपनाउन पर्यटन बोर्डको अपिल >>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

इन्द्रजात्रा हेर्न आइपुगे काठमाडौंमा विदेशी पाहुना (फोटोफिचर ):


काठमाडौं । इन्द्रजात्रा अवलोकनको लागि काठमाडौंमा विभिन्न देशका जनप्रतिनिधिहरु आएका छन् । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह, उपप्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले इन्द्रजात्रा अवलोकन गर्न आएका विदेशी पाहुनालाई स्वागत गरेका छन् । महानगरपालिकाको निमन्त्रणामा इन्द्रजात्रा अवलोकनका लागि तीन देशका पाँच नगर र एउटा संस्थाबाट प्रतिनिधित्व गर्दै २० जना अतिथि काठमाडौं आएका छन् । आन्तरिक भगिनी सम्बन्ध भएका शहरहरुबाट प्रमुखसहित प्रतिनिधिहरु आएका छन् । महानगरले मौलिक प्रविधि, सीप र कला जोडेर सिर्जना गरेका मूर्त सम्पदासँग अमूर्त सम्पदाको सम्बन्धको अवलोकन गर्न महानगरपालिकाले भगिनी तथा संस्थागत सम्बन्ध भएका नगरबाट प्रमुख र प्रतिनिधिलाई आमन्त्रण गरेको थियो ।

सम्पदा मार्गको अवलोकन

बिहीबार विहान बसन्तपुर र रथयात्रा हुने मार्गको पैदल यात्रा आयोजना भएको थियो । पाहुनाहरुले कुमारी रथ यात्राको अवलोकन गरेका छन् । शुक्रबार भक्तपुर दरबार क्षेत्रको भ्रमण हुनेछ । त्यसपछि आर्ट ग्यालरीको अवलोकन हुनेछ । शुक्रबार नै हाँडीगाउँमा आयोजना हुने मौलिक तथा परम्परागत प्रदर्शनीमा अतिथिहरुलाई सहभागी गराइने महानगरले जनाएको छ । १३ गते स्वयम्भूको अवलोकन भ्रमणपछि अतिथिहरुलाई नेपाली बजार घुम्ने समय उपलब्ध गराउने महानगरको तयारी छ । उनीहरु १४ असोजमा स्वदेश फर्किनेछन् ।

आज रथ यात्रा

जात्रा कार्यक्रमअन्तर्गत बिहीबरदेखि रथ यात्रा सुरु हुनेछ । बिहीबार पहिलो दिन तल्लो टोल बसन्तपुर, मरु, चिंकमुगल, जैसीदेवल, लगन, ब्रम्हटोल, ह्युमत, कोहिटी, भीमसेन स्थान, मरु हुँदै बसन्तपुरसम्ममा रथ यात्रा हुनेछ । रथयात्रा सुरु हुनु अगाडि राष्ट्रप्रमुखसहित विशिष्ट व्यक्तिहरुले गद्दी बैठकबाट श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको दर्शन तथा रथयात्रा अवलोकन गर्नेछन् । रथयात्रा सकिएपछि दागी इन्द्र देवताकी आमा सँगसँगै वर्ष भरिका दिवगत व्यक्तिका परिवारहरु रथ यात्राको रुटमा नगर परिक्रमा गर्ने परम्परा छ ।

 


प्रकाशित मिति: ११ आश्विन २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?