Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

एमालेको बाग्मती अधिवेशन : अध्यक्षका उम्मेदवार पाण्डेको उम्मेदवारी फिर्ता


काठमाडौं । नेकपा एमाले बागमती प्रदेश अध्यक्ष केशव पाण्डेले उम्मेदवारी फिर्ता लिएका छन् । सर्वसम्मतको प्रयास गर्न भन्दै उनले अध्यक्षको उम्मेदवारी फिर्ता लिएको बताएका छन् । तर अरु आकांक्षी टसमस भएका छैनन् । अध्यक्षका लागि वर्तमान अध्यक्ष पाण्डेसहित पूर्वसांसद कृष्ण दाहाल, पूर्व प्रदेशमन्त्री कैलाश ढुंगेल, पूर्व प्रदेश सभामुख सानुकुमार श्रेष्ठ र केशरबहादुर बुढाथोकीले उम्मेदवारी दर्ता गरेका थिए । तर उम्मेदवारीको सूची प्रकाशित गर्दा पाण्डेको नाम हटेको छ । सर्वसम्मतिको प्रयासमा आफूले आफ्नो उम्मेदवारी दर्ता नै नगरिदिन आग्रह गरेको पाण्डेले बताए । आफ्नो कार्यकाल छोटो भएको भन्दै पाण्डेले आफूलाई सर्वसम्मत अध्यक्ष छाड्न आग्रह गर्दै आएका थिए । तर गोकुल बास्कोटा लगायतका नेताहरुको समर्थनमा कृष्ण दाहाल र महेश बस्नेत लगायतले ढुंगेललाई साथ दिएपछि सर्वसम्मत हुन सकेन ।

त्यसपछि पनि सर्वसम्मतिको प्रयास गरेको भन्दै निवर्तमान अध्यक्ष पाण्डे भन्छन्, ‘वर्तमान अध्यक्षका हैसियतले सर्वसम्मति बनाउने काममा लाग्छु र त्यसको सुरुवात आफैंबाट गर्छु भनेर मेरो उम्मेदवारी दर्ता नगर्न आग्रह गरेको हुँ ।’ आफूले उम्मेदवारी फिर्ता लिएपछि पनि अहिलेसम्म सहमति नजुटेको भए पनि प्रयास भइरहेको उनले बताए ।


प्रकाशित मिति: ११ आश्विन २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?