Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

एमालेको बाग्मती अधिवेशन : अध्यक्षका उम्मेदवार पाण्डेको उम्मेदवारी फिर्ता


काठमाडौं । नेकपा एमाले बागमती प्रदेश अध्यक्ष केशव पाण्डेले उम्मेदवारी फिर्ता लिएका छन् । सर्वसम्मतको प्रयास गर्न भन्दै उनले अध्यक्षको उम्मेदवारी फिर्ता लिएको बताएका छन् । तर अरु आकांक्षी टसमस भएका छैनन् । अध्यक्षका लागि वर्तमान अध्यक्ष पाण्डेसहित पूर्वसांसद कृष्ण दाहाल, पूर्व प्रदेशमन्त्री कैलाश ढुंगेल, पूर्व प्रदेश सभामुख सानुकुमार श्रेष्ठ र केशरबहादुर बुढाथोकीले उम्मेदवारी दर्ता गरेका थिए । तर उम्मेदवारीको सूची प्रकाशित गर्दा पाण्डेको नाम हटेको छ । सर्वसम्मतिको प्रयासमा आफूले आफ्नो उम्मेदवारी दर्ता नै नगरिदिन आग्रह गरेको पाण्डेले बताए । आफ्नो कार्यकाल छोटो भएको भन्दै पाण्डेले आफूलाई सर्वसम्मत अध्यक्ष छाड्न आग्रह गर्दै आएका थिए । तर गोकुल बास्कोटा लगायतका नेताहरुको समर्थनमा कृष्ण दाहाल र महेश बस्नेत लगायतले ढुंगेललाई साथ दिएपछि सर्वसम्मत हुन सकेन ।

त्यसपछि पनि सर्वसम्मतिको प्रयास गरेको भन्दै निवर्तमान अध्यक्ष पाण्डे भन्छन्, ‘वर्तमान अध्यक्षका हैसियतले सर्वसम्मति बनाउने काममा लाग्छु र त्यसको सुरुवात आफैंबाट गर्छु भनेर मेरो उम्मेदवारी दर्ता नगर्न आग्रह गरेको हुँ ।’ आफूले उम्मेदवारी फिर्ता लिएपछि पनि अहिलेसम्म सहमति नजुटेको भए पनि प्रयास भइरहेको उनले बताए ।


प्रकाशित मिति: ११ आश्विन २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?