Trending
>>   भोटेकोशी बाढीको प्रतिवेदन वागमती प्रदेश सरकारलाई पेश >>   एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने >>   यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै >>   चाडपर्व नजिकिँदै गर्दा काठमाडौं महानगरको बजार अनुगमन तिब्र(तस्बिरसहित) >>   अध्ययन बिदामा विदेशिएका र सम्पर्कविहीन प्राध्यापकमाथि कारबाही गर्न त्रिविलाई सरकारको निर्देशन >>   ऋण लिएर ऋण तिर्दै सरकार >>   मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा शतर्कताको आग्रह >>   देशभर अनलाइन सपिङ ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी >>   आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित >>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’
Logo
२३ आश्विन २०८३, शुक्रबार
२३ आश्विन २०८३, शुक्रबार

पण्डितपुर विकासमा जापानको चासो


११ ,असोज ,नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) रामग्राम नगरपालिका–१८ मा रहेको पुरातात्विक तथा ऐतिहासिकस्थल पण्डितपुरको विकासका लागि जापानी बौद्ध अनुरागीहरूको टोलीले चासो दिएको छ ।

बौद्ध महासङ्घका सल्लाहकार तथा एसियाली विकास बैंक एडिबीका पूर्व जनरल डाइरेक्टर नोरीतादा मोरीतासहितको टोलीले पण्डितपुरमा आएर यहाँको चौतर्फी विकासका लागि चासो व्यक्त गरेको हो ।

सो क्रममा टोली प्रमुख मोरीताले पण्डितपुरको संरक्षणका लागि नगरपालिकासँग मिलेर काम गर्न चाहेको बताए । पण्डितपुरमा रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवसँग भएको भेटमा उनले पण्डितपुरमा बौद्ध विहारलगायतका संरचना निर्माणका लागि नगरपालिकामार्फत बजेट उपलब्ध गराउन चाहेको बताउँदै आवश्यक सहयोग गर्न आग्रह गरे ।

सो क्रममा नगरप्रमुख यादवले अहिले बुद्धको एकमात्र सिङ्गो अस्तुधातु रहेको रामग्राम स्तूप र पण्डितपुरलगायतका बुद्धस्थलको संरक्षण र विकासका लागि नगरपालिकाले काम गरिरहेको बताउँदै जापानी नागरिकले देखाएको चासो सरहानीय भएको बताए ।

उनले नगरपालिकाले रामग्राम विकास कोषसमेत गठन गरेर संरक्षणको काम अगाडि बढाइसकेकाले नगरपालिका जापानी सहयोगबाट काम गर्न तयार रहेको उल्लेख गरे ।

पण्डितपुर कोलीय गणराज्यको राजधानीका रूपमा परिचित छ । गौतमबुद्धको मावलीस्थल देवदह नभई पण्डितपुर भएको दाबी गरिए पनि उचित खोजबिन नहुँदा उक्त स्थल ओझेलमा पर्दै गएको छ ।

लुम्बिनी विकास कोषले ध्यान नदिएको भन्दै नगरपालिकाले अहिले बुद्धस्थलको संरक्षणका लागि रामग्राम विकास कोष बनाएर काम अगाडि बढाएको छ ।


प्रकाशित मिति: ११ आश्विन २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?