Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

पण्डितपुर विकासमा जापानको चासो


११ ,असोज ,नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) रामग्राम नगरपालिका–१८ मा रहेको पुरातात्विक तथा ऐतिहासिकस्थल पण्डितपुरको विकासका लागि जापानी बौद्ध अनुरागीहरूको टोलीले चासो दिएको छ ।

बौद्ध महासङ्घका सल्लाहकार तथा एसियाली विकास बैंक एडिबीका पूर्व जनरल डाइरेक्टर नोरीतादा मोरीतासहितको टोलीले पण्डितपुरमा आएर यहाँको चौतर्फी विकासका लागि चासो व्यक्त गरेको हो ।

सो क्रममा टोली प्रमुख मोरीताले पण्डितपुरको संरक्षणका लागि नगरपालिकासँग मिलेर काम गर्न चाहेको बताए । पण्डितपुरमा रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवसँग भएको भेटमा उनले पण्डितपुरमा बौद्ध विहारलगायतका संरचना निर्माणका लागि नगरपालिकामार्फत बजेट उपलब्ध गराउन चाहेको बताउँदै आवश्यक सहयोग गर्न आग्रह गरे ।

सो क्रममा नगरप्रमुख यादवले अहिले बुद्धको एकमात्र सिङ्गो अस्तुधातु रहेको रामग्राम स्तूप र पण्डितपुरलगायतका बुद्धस्थलको संरक्षण र विकासका लागि नगरपालिकाले काम गरिरहेको बताउँदै जापानी नागरिकले देखाएको चासो सरहानीय भएको बताए ।

उनले नगरपालिकाले रामग्राम विकास कोषसमेत गठन गरेर संरक्षणको काम अगाडि बढाइसकेकाले नगरपालिका जापानी सहयोगबाट काम गर्न तयार रहेको उल्लेख गरे ।

पण्डितपुर कोलीय गणराज्यको राजधानीका रूपमा परिचित छ । गौतमबुद्धको मावलीस्थल देवदह नभई पण्डितपुर भएको दाबी गरिए पनि उचित खोजबिन नहुँदा उक्त स्थल ओझेलमा पर्दै गएको छ ।

लुम्बिनी विकास कोषले ध्यान नदिएको भन्दै नगरपालिकाले अहिले बुद्धस्थलको संरक्षणका लागि रामग्राम विकास कोष बनाएर काम अगाडि बढाएको छ ।


प्रकाशित मिति: ११ आश्विन २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?