Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

उडान नियम उल्लंघन गर्ने २ कम्पनीका एएस३५० हेलिकप्टर उडानमा रोक


काठमाडौं । लुक्ला क्षेत्रमा खराब मौसममा उडान गर्न नहुने नियम उल्लंघन गर्दै हेलिकप्टर उडाएपछि दुई कम्पनीका हेलिकप्टरको उडानमा नेपाल नागरिक उड्डयन प्राधिकरणले रोक लगाएको छ । प्राधिकरणका अनुसार दुई कम्पनीका ‘एएस३५० बी३ई’ मोडलका हेलिकप्टरको उडानमा बिहीबारदेखि नै प्रतिबन्ध लगाइएको हो । प्राधिकरण स्रोतका अनुसार यसरी प्रतिबन्ध लाग्ने कम्पनीमा श्री एयरलाइन्स र फिस्टेल एयरका हेलिकप्टर छन् । यी कम्पनीले भिजिबिलिटी १ सय मिटर समेत नभएको अवस्थामा समेत ‘भीएफआर’ नियम मिच्दै हेलिकप्टर उडाएपछि प्राधिकरणले अर्को निर्णय नभएसम्मका लागि हेलिकप्टर उडानमा रोक लगाउने निर्णय गरेको हो । यी कम्पनीका पनि अन्य मोडलका हेलिकप्टरको उडानमा भने रोक लगाइएको छैन ।

 


प्रकाशित मिति: ११ आश्विन २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?