Trending
>>   संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने >>   तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छः मन्त्री लम्साल >>   दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान >>   अध्यादेशमार्फत मृत्यु घोषणा र दर्ताका लागि कानून संशोधन गर्दैछौँः कानूनमन्त्री गौतम >>   महामन्त्री पदका लागि सुनिल शर्माको उम्मेदवारी >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशनः नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता शुरु >>   वागमतीमा उज्यालो नेपाल पार्टीको सरकार बन्छ:कुलमान घिसिङ >>   ‘विपद् प्रभावित क्षेत्रमा तत्काल बेलीब्रिज र राहत प्याकेजको माग’ >>   राष्ट्र बैंकले विदेशी भुक्तानीको सीमा बढायो, के–केमा भयो परिवर्तन ? >>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद
Logo
२० आश्विन २०८३, मंगलवार
२० आश्विन २०८३, मंगलवार

राष्ट्रिय विभूति योगमायाको शालिक अनावरण


११ ,असोज ,विराटनगर । विराटनगर महानगरपालिका–२ सोमबारेमा राष्ट्रिय विभूति योगमायाको अर्धकदको शालिक अनावरण गरिएको छ ।

विराटनगर महानगरपालिकाकी कार्यवाहक प्रमुख शिल्पा निराला कार्कीले शालिक अनावरण गर्दै राणा शासनकालमा देशमा भएका अन्याय, अत्याचार, भ्रष्टाचार, जातीय भेद्भाव, छुवाछूत, नारीमाथि गरिने अन्याय, शोषण, सामन्तवाद, सतिप्रथा जस्ता विकृति र विसङ्गति विरुद्ध आवाज उठाउने योगमायाको योगदान महत्त्वपूर्ण रहेको बताईन् ।

उनले भनिन, “योगमायाले परिकल्पना गरेको समाज अझै निर्माण हुन सकेको छैन, हामी सबै मिलेर उहाँले सोचेको र परिकल्पना गरेको समाज निर्माण गर्न जरुरी छ ।”

कार्यक्रममा वडा नं १ का अध्यक्ष काजीबहादुर बस्नेत, २ का कुमार पोखरेल, ३ का वासुबहादुर बस्नेत, ११ का तीर्थेन्द्र न्यौपाने, प्राध्यापक कविराज न्यौपाने, समाजसेवी सुरेशकुमार श्रेष्ठलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

विसं १९९८ असार २१ गते हरिशयनी एकादशीका दिन सामाजिक अभियन्ता योगमायासहित ६८ नारीले अरुण नदीमा जलसमाधि लिएका थिए ।


प्रकाशित मिति: ११ आश्विन २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?