Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

राप्रपाका अध्यक्ष लिङ्देन कतार प्रस्थान


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन कतार प्रस्थान गरेका छन् । पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज पानस कतारले आयोजना गरेको विविध कार्यक्रममा सहभागी हुन उनी गएराति दोहा प्रस्थान गर्नुभएको सो पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार कतारमा रहँदा अध्यक्ष लिङ्देनले त्यहाँका विभिन्न नेपाली सङ्घ संस्था एवं नेपाली समुदायसँग भेटघाट तथा अन्तरक्रिया गर्ने, नेपाली श्रमिकको समस्याबारे जानकारी लिने, राजदूतावास कार्यालयका अधिकारीसँग विविध विषयमा छलफल गर्नाका साथै प्रवासी नेपाली एकता समाज कतारद्वारा आयोजित विशेष कार्यक्रममा सहभागी हुने तय भएको छ ।

यसैगरी अध्यक्ष लिङदेन नेतृत्वको कतार भ्रमण दलमा राप्रपा केन्द्रीय सदस्य एवं पार्टीका केन्द्रीय प्रवास विभाग प्रमुख आनन्द अधिकारी पनि सहभागी भएका छन् । अध्यक्ष लिङ्देनले पार्टीका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएको सो पार्टीले जनाएको छ । उनी यही असोज १३ गते स्वदेश फर्किने कार्यक्रम रहेको प्रवक्ता श्रेष्ठले बताए ।


प्रकाशित मिति: ११ आश्विन २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?