२६ फागुन, काठमाडाैँ। नेपालमा ई-सिम (इम्बेडेड सवस्क्राइबर आइडेन्टिटी मोड्युल) प्रयोगकर्ताको सङ्ख्या २९ हजार नाघेको छ । नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले गत भदौ ३१ देखि हालसम्म २९ हजारभन्दा बढी वितरण भइसकेको जानकारी दिए । नेपाल टेलिकमले सुरुमा सुन्धारा काउन्टरबाट ई-सिम वितरण गरेको थियो । साथै गत असोज ४ देखि भने
२६ फागुन, एजेन्सी। जर्मनीको एक चर्चमा भएको गोलीकाण्डमा परेर कम्तीमा पनि सात जनाको ज्यान गएको छ । सो घटनामा अरु कैयौँ घाइते भएका प्रहरीले जनाएको छ । बिहीबार राति जर्मनीको ह्याम्बर्गमा रहेको एक चर्चमा गोली चलेको थियो । यहाँको स्थानीय समयानुसार राति ९ बजे यहाँको सो चर्चमा अकस्मात गोली चलेको
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीसँग विभिन्न तीन आयोगका अध्यक्षले संयुक्तरुपमा भेट गरेका छन् । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा, राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा र थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले आज मन्त्रालयमा मन्त्री मोदीसँग भेट गर्नुभएको हो । भेटका क्रममा आयोगका अध्यक्षले सरकारले ल्याउन लागेको सङ्घीय
पर्वतको फलेवास नगरपालिका-९ का वडाध्यक्ष हितमान गुरुङले आफूले पाउने तलब सुविधाको सम्पूर्ण रकम स्थानीयलाई वितरण गर्नुभएको छ । गत स्थानीय चुनावमा वडाध्यक्ष जितेपछि राज्यबाट पाउने सेवा सुविधा गरिब, असहाय, अशक्त र निम्न वर्गलाई उपलब्ध गराउने प्रतिबद्धता अनुसार बिहीबार वडाध्यक्ष गुरुङले रकम हस्तान्तरण गर्नुभएको हो । उहाँले तलबबापतको रू एक लाख
पच्चिस जना महिलाले झन्डै छ महिना लगाएर तयार पारेको ‘नेचुरल टेक्सटायल कार्पेट’ अन्तर्राष्ट्रिय बजारमा प्रदर्शनी गरिने भएको छ । ब्रिटिस काउन्सिलको सहयोगमा पोखरास्थित महिला सीप विकास संस्थाले तयार पारेको उक्त कार्पेट १६ मिटर लामो रहेको संस्थाका संस्थापक कार्यकारी निर्देशक रामकली खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार सुती धागोबाट जडीबुटी र
२६ फागुन, काठमाडौं । सहकारीका व्यवस्थापन प्रमुखको राष्ट्रिय गोष्ठी (सीइओ वर्कशप) १२ बुँदे साझा सङ्कल्प जारी गर्दै बिहीबार समापन भएको छ । सहकारी भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, सहकारी विभाग र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ (नेफ्स्कून)को संयुक्त आयोजनामा दुई दिन चलेको गोष्ठीले जिम्मेवार व्यवस्थापन निर्माणमार्फत सुरक्षित बचत तथा
२६ फागुन, काठमाडाैँ । राष्ट्रदेव भगवान् पशुपतिनाथ मन्दिर क्षेत्रमा भोलिदेखि हरेक शनिबार सरसफाइ गरिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र मन्त्रालय मातहतका २१ निकायका कर्मचारीले हरेक शनिबार दुई घण्टा पशुतिनाथ क्षेत्रमा सरसफाइ गर्ने तयारी गरेको छ । उक्त सरसफाइ अभियान तीन महिनासम्म सञ्चालन हुने जनाइएको छ
२६ फागुन, काठमाडाैँ। भगवान विष्णुको सुतिरहेको अवतार अंकित मूर्ति विश्वमै नमूनाका रुपमा रहेको बुढानिलकण्ठ मन्दिर व्यवस्थापन र पूर्वाधार विकासका लागि गुरुयोजना आवश्यक देखिएको छ । पुरातात्विक र ऐतिहासिक किवंदन्तीका रुपमा पानीमाथि भगवान विष्णुको सुतिरहेको मूर्तिले विश्वमै पर्यटक आकर्षित गरेपनि मन्दिर व्यवस्थापन, सरसफाई, नयाँ पूर्वाधार विकास तथा व्यवस्थापन फितलो रहेकाले सरोकारवालाले यसतर्फ
२६ फागुन, काठमाडाैँ । मेगास्टारको रूपमा चिनिएका नायक अनमोल केसीले माफी मागेका छन् । उनको पछिल्लो चलचित्र '२.० छड्के' फ्लप भएपछि अनमोलले माफी मागेका हुन् । उनले पछिल्लो फिल्ममा परिपक्क हुनुपर्नेमा ठीक त्यसको विपरित हुन पुगेको समेत उल्लेख गरेका छन् । फेसबुकमा अनमोलले लेखेका छन्, 'मैले २.० छड्केमार्फत मलाई माया गर्ने
२६ फागुन, सप्तरी। नेपाल विद्युत् प्राधिकरण राजविराज शाखाले गैरकानुनी ढङ्गबाट विद्युत् चोरी गर्ने माथि निगरानी बढाएको छ । विद्युत् चोरीका घटनामा वृद्धि भएको गुनासो आउन थालेपछि शाखाले प्रहरीको सहयोग लिएर अहिले विद्युत चुहावट नियन्त्रणको काम सुरु गरेको हो । नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा विद्युत् प्राधिकरणको संयुक्त टोलीले आज सप्तरीको विभिन्न