Trending
>>   ओखलढुङ्गाको एक मतदान केन्द्रमा किन कसैले पनि गरेनन् मतदान ? >>   कुनैपनि केन्द्रमा मतदान रोकिएको छैनः निर्वाचन आयोग >>   निर्वाचनले लोकतन्त्र सुदृढ गर्नुका साथै देशमा स्थायित्व ल्याउनुपर्छ: ओली >>   देशभर उत्साहजनक मतदानः मुस्ताङमा साढे १२ बजेसम्ममै ४० प्रतिशत मत खस्यो, प्रतिघण्टा १० प्रतिशतले बढ्दै >>   छिटपुट घटनाबाहेक देशभर शान्तिपूर्ण मतदान, रोकिएका स्थानमा पनि सुचारु >>   समयमै मतदान गर्नुस्ः आयुक्त तुलाधर >>   ओखलढुङ्गामा मतदान बिथोल्ने भ्रामक सूचना फैलाउनेमाथि प्रहरीको कडा कारबाही तयारी >>   निर्वाचनका दिन काठमाडौं उपत्यकामा सवारीसाधन चेकजाँचमा कडाइ (तस्बिरहरु) >>   धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा उत्साहजनक मतदान >>   झापा ५ मा मतदान जारी : उत्साहजनक सहभागिता
Logo
२१ फाल्गुन २०८२, बिहीबार
२१ फाल्गुन २०८२, बिहीबार

नेकपा एस पाल्पाका अध्यक्ष पाण्डेयको निधन


२३ असार ,रामपुर (पाल्पा) । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पाल्पाका जिल्ला अध्यक्ष खिमानन्द पाण्डेय (कमल) को मृत्यु भएको छ ।

बगनासकाली गाउँपालिका–१ पिप्लेस्थित घरबाट उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । शुक्रबार साँझ ६ः१५ बजे हृदयघाट भई ५२ वर्षीय पाण्डेयको उपचारका लागि लुम्बिनी मेडिकल कलेज लगिएकोमा ६ः४५ बजे अस्पतालले मृत्यु घोषणा गरेको पारिवारिक स्रोतले जनाएको छ ।

मृतक पाण्डेयको दुई छोरा र श्रीमती हुनुहुन्छ । पाण्डेयको २६ वर्षीय माहिलो छोराको पनि गत वर्ष हृदयघाटबाटै मृत्यु भएको थियो । पूर्वएमाले पाल्पाको उपसचिव रहेका मृतक पाण्डेय पाल्पामा सरल र स्वच्छ छवि बनाएका नेता हुन् ।

उनि गत वर्ष सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा बगनासकाली गाउँपालिकामा उपाध्यक्षको उम्मेदवार बनेका थिए । शनिबार बिहान कालीगण्डकी नदीको राम्दीघाटमा पाण्डेयको अन्त्येष्टि गरिँदैछ ।


प्रकाशित मिति: २३ असार २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?