२७ फागुन, बैतडी । बैतडीमा आगलागी हुँदा रु १२ लाखभन्दा बढीको क्षति भएको छ । मेलौली नगरपालिका–७ हरिपुरबजारस्थित कृष्णसिंह भण्डारीको ‘न्यू ऊर्जा ट्रेडर्स’मा गए राति आगलागी हुँदा क्षति भएको हो । विद्युत् सट भई आगलागी हुँदा पसलको सबै सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए
२७ फागुन, काठमाडाैँ । उपराष्ट्रपति पदका लागि चार जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन आयोगले आज बिहान ९ बजेदेखि अपराह्न २ बजेसम्मका लागि उम्मेदवारी दर्ताको समयसीमा तय गरेको थियो । सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माका अनुसार तोकिएको समयभित्र चार जनाको उम्मेदवारी परेको हो । नेकपा(एमाले)का तर्फबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उम्मेदवारी
२७ फागुन, चितवन । गत कात्तिक १७ गते चितवन राष्ट्रिय निकुञ्जबाट नवलपरासी (बर्दघाट सुस्तापूर्व)को जटायु रेस्टुरेन्टको खोरमा ल्याएर राखिएका १० गिद्धलाई आज प्रकृतिमा छाडिएको छ । चितवन राष्ट्रिय निकुञ्ज कसरामा रहेको गिद्ध प्रजनन केन्द्रमा हुर्काइएका र त्यस केन्द्रमा जन्मिएका विश्वकै दुर्लभ डङ्गर प्रजातिका गिद्धहरुलाई नमूना मध्यवर्ती सामुदायिक वनमा अवस्थित जटायु रेस्टुरेण्ट
२७ फागुन, काठमाडाैँ । सत्तागठबन्धनको तर्फबाट उपराष्ट्रपति पदमा जनता समाजवादी पार्टीकी सांसद प्रमिला यादवले उम्मेदवारी दर्ता गराएकी छन् । सङ्घीय संसद् भवन नयाँ बानेश्वर पुगेर उनले उम्मेदवारी दर्ता गराएकी हुन् । उम्मेदवार यादवको प्रस्तावकमा सांसदहरु रञ्जु झा, मृगेन्द्रकुमार सिंह यादव, नवलकिशोर शाह, दीपक कार्की र राजकिशोर यादव छन् । यस्तै
२७ फागुन, काठमाडाैँ । चालु आर्थिक वर्ष २०७९÷८० को अर्धवार्षिक समीक्षा अवधिमा नेपालको सार्वजनिक ऋण रू २० खर्ब ७० अर्ब ५३ करोड ६३ लाख पुगेको छ । गत पुस मसान्तसम्म नेपालले रू ११ खर्ब दुई अर्ब ५१ करोड बाह्य ऋण र रू नौ खर्ब ६८ अर्ब एक करोड आन्तरिक ऋण तिर्न
२७ फागुन, एजेन्सी। उत्तरी अफगानिस्तानको बाल्खमा तालिबानद्वारा नियुक्त गभर्नरको आफ्नै कार्यालयमा भएको विस्फोटमा मृत्यु भएको छ । बल्खको सुरक्षा विभागका प्रवक्ता मोहम्मद आसिफ वाजिरीले तालिबानद्वारा नियुक्त गभर्नर मोहम्मद दाउद मुजामिल उक्त विस्फोटमा मारिएको पुष्टि गरेका छन्। "आज बिहान करिब ९:०० बजे, बल्खका गभर्नर मोहम्मद दाउद मुजामिललाई विस्फोटक पदार्थ बोकेका एक व्यक्तिले
२७ फागुन, काठमाडाैँ । सत्ता गठबन्धनकातर्फबाट उपराष्ट्रपति पदमा जनता समाजवादी पार्टीकातर्फबाट रामसहायप्रसाद यादवले उम्मेदवारी दर्ता गराएका छन् । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा गठबन्धनका नेताहरु संयुक्तरुपमा पुगेर उपराष्ट्रपतिमा नेता यादवको उम्मेदवारी दर्ता गराएका हुन् । यादवको प्रस्तावकमा नेताहरु अशोक राई, प्रदीप यादव, शक्ति बस्नेत, किसान श्रेष्ठ र रमेशजङ्ग रायमाझी तथा
२७ फागुन, एजेन्सी। चीनका प्रधानमन्त्री ली छ्याङले सोमबार बिहान १४ औँ राष्ट्रिय जन काङ्ग्रेस (एनपीसी) को पहिलो सत्रको समापनपछि ग्रेट हल अफ द पिपुलमा पत्रकारहरूसँग भेटघाट गर्ने प्रेस सेन्टरले जनाएको छ। कार्यक्रमलाई चाइना मिडिया ग्रुपले प्रत्यक्ष प्रसारण गर्नेछ भने सिन्ह्वा नेट. कमलेले फोटो र टेक्स्टको प्रत्यक्ष प्रसारण उपलब्ध गराउने पनि प्रेस
२७ फागुन, काठमाडाैँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको पहिलो राष्ट्रपति डा रामवरण यादव आफूहरुको समर्थन र प्रस्तावमा निर्वाचित भएको बताएका छन् । एमालेका तर्फबाट उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता भएपछि सञ्चारकर्मीहरुसँग सङ्क्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले नेपालको पहिलो राष्ट्रपति डा यादवलाई आफूहरुको प्रस्तावमा नै निर्वाचित गराएको बताए ।
२७ फागुन, काठमाडाैँ । नेकपा एमालेकी नेत्री अष्टलक्ष्मी शाक्यले उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गरेकी छिन् । नयाँ वानेश्वरस्थित संसद्भवनमा स्थापित निर्वाचन अधिकृतको कार्यालयमा उनले उपराष्ट्रपति पदमा आज उम्मेदवारी दर्ता गराएका हुन् । उनको उम्मेदवारी दर्ताको समयमा अध्यक्ष ओलीसहित नेताहरू सुवास नेम्वाङ,शंकर पोखरेल, विष्णु रिमाल, गोकर्ण विष्टलगायत नेताहरू पनि बानेश्वर पुगेका थिए ।