९ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले केन्द्रीय समिति र संसदीय समितिको संयुक्त बैठक आह्वान गरेको छ । बैठक बुधबार अपराह्न चार बजे पार्टी केन्द्रीय कार्यालयमा बोलाइएको हो । महामन्त्री मुकुल ढकालले संविधान दिवसको दिन राष्ट्रपतिबाट दिइएको जेल सजाय छुट र जिल्लामा परिचालित नेताहरुको रिपोर्टबारे छलफल हुनेछ । रास्वपाले
९ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले राष्ट्रिय सभा गृह अगाडि ८ दिनदेखि उभिरहेका अभियन्ता ईःलाई भेटेकी छन् । मंगलबार बिहान ईः लगायतका अभियन्तालाई भेटेकी उनले करुणादायी सरकारको अवधारणाप्रति आफू प्रतिवद्ध रहेको बताइन् । ‘फुटपाथबाट विस्थापित भएकाहरुलाई वैकल्पिक व्यवस्थासम्बन्धी नीति बनाउन प्रतिवद्ध छ’ आफ्नो अधिकार सीमित रहेको भन्दै
९ असोज, काठमाडौं । पोखरास्थित मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि हातपात भएको विरोधमा काठमाडौंको जोरपाटीस्थित नेपाल मेडिकल कलेजका आवासीय चिकित्सकहरुले सबै सेवा बन्द गरेका छन् । उनीहरुले सेवा रोकेर अस्पताल बाहिर प्रदर्शन गरेका छन् । सरकारको तर्फबाट चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षाको प्रत्याभूति नभएको र यस्तो अवस्थामा काम गर्न चिकित्सकहरुको मनोबल घटेको
९ असोज, हान्झाउ । चीनको हान्झाउमा जारी १९औं एसियाडको जुडोमा नेपालको यात्रा समाप्त भएको छ । मंगलबार जुडोमा प्रतिस्पर्धा नेपालका दुई खेलाडी पराजित भएपछि जुडोमा नेपालको प्रतिस्पर्धा सकिएको हो । जियोसन लिन्पु जिम्न्याजियममा भएको जुडोको खेलमा पुरुष १०० केजीमाथि नेपालका रन्जेश गोल इप्पोनका आधारमा पराजित भए । उनलाई काजाकिस्तानका क्रिकबे
९ ,असोज ,तुलसीपुर (दाङ) । काठमाडौँबाट सुर्खेत जाँदै गरेको यात्रुवाहक रात्रिबस पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङ,लमही नगरपालिका–९ शिवखोलामा दुर्घटना हुँदा २५ जनाभन्दा बढी यात्रु घाइते भएका छन् । कर्णाली प्रदेश०२–००१ख ०३६२ नम्बरको यात्रुवाहक बस बिहान दुर्घटना भएको र घाइते याुत्रहरूको लमही अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक रामबहादुर केसीले
९ ,असोज ,पाटन(ललितपुर) । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले विधेयकमाथि छलफल हुने संसदीय समितिमा कोरम नपुग्दा विधेयकहरू संसद्बाट पारित हुन ढिला भएको जवाफ दिएका छन् । नेपाली कांग्रेस केन्द्रीय समितिमा धारणा राख्ने क्रममा उपसभापतिसमेत रहेका मन्त्री गुरुङले भने, “विधेयकमाथि छलफल हुने संसदीय समितिमा कोरम पुग्दैन, अनि दोष कानुन
९ ,असोज ,बारा । बारा जिल्लामा नेपाल–भारत सिमानास्थित दशगजा क्षेत्रबाट हत्या गरिएको अवस्थामा हिजो बिहान एक पूर्वसशस्त्र प्रहरी जवानको शव भेटिएको प्रहरीले जनाएको छ । पचरौता नगरपालिका–१ पचरौता गाउँको दक्षिणतिर दशगजा क्षेत्रमा आइतबार मध्यराति साढे १२ बजेको समयमा धारिलो हतियार प्रहार गरी हत्या गरेर फालिएको अवस्थामा हिजो बिहान स्थानीयवासीले ३४
९ ,असोज ,फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीको गणना अबदेखि ‘सिसी क्यामेरा’बाट हुने भएको छ । यसका लागि यसस्थित ठूलो फेदीमा ‘हेडकाउन्टिङ सिसी क्यामेरा’ जडान समेत गरिएको छ । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले पाथीभरा मन्दिर परिसर र पाथीभरा दर्शनका
९ ,असोज ,काठमाडौँ । दिव्य शताब्दी पुरुष डा गौरीशङ्कर लाल दासलाई आज नागरिक अभिनन्दन गरिँदै छ । नेपालको चिकित्सा सेवा, नेपाल रेडक्रस सोसाइटी, मानवअधिकार, समाजसेवा, व्यावस्थापन, प्रशासन र सुशासनको क्षेत्रमा मुलुकलाई अतुलनीय योगदान पुर्याएको जनाउँदै उनलाई नागरिकस्तरबाट अभिनन्दन गर्न लागिएको हो । अभिनन्दन मूल समारोह समितिले दिएको जानकारी अनुसार आज
९ ,असोज ,हाङझाउ (चीन । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत सोमबारसम्म दुई सय २८ पदकको छिनोफानो भएको छ । एसियाली खेलकुदमा कुल सहभागी ४५ मुलुकमध्ये हालसम्म २५ मुलुकले पदक प्राप्त गरेका छन् । नेपाल भने हालसम्म पदकबिहीन अवस्थामा छ । नेपालले हालसम्म खेलेका कुनै पनि खेलमा राम्रो खेल प्रदर्शन गर्न