Trending
>>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

१९औं एसियाडको जुडोमा नेपालका दुई खेलाडी पराजित


९ असोज, हान्झाउ । चीनको हान्झाउमा जारी १९औं एसियाडको जुडोमा नेपालको यात्रा समाप्त भएको छ ।

मंगलबार जुडोमा प्रतिस्पर्धा नेपालका दुई खेलाडी पराजित भएपछि जुडोमा नेपालको प्रतिस्पर्धा सकिएको हो । जियोसन लिन्पु जिम्न्याजियममा भएको जुडोको खेलमा पुरुष १०० केजीमाथि नेपालका रन्जेश गोल इप्पोनका आधारमा पराजित भए । उनलाई काजाकिस्तानका क्रिकबे गालिमजानले १ मिनेट ७ सेकेन्डमा हराए । यस्तै महिला ७८ केजीमाथि नेपालकी आकृति जोशी उज्वेकिस्तानकी रिनिता इल्माटोभासँग इप्पोनकै आधारमा हारिन् । आकृति म्याटमा २७ सेकेन्ड मात्र टिक्न सकिन् ।

जुडोमा नेपालबाट ४ महिला र ४ पुरुष गरी कूल ८ खेलाडी सहभागी थिए । तर कुनै पनि खेलाडी क्वाटरफाइनलसम्म पुग्न सकेनन् । नेपाली खेलाडीको यात्रा अन्तिम १६ मै समाप्त भयो । ८ मध्ये पुरुषतर्फ प्रतिस्पर्धा गरेका विकास विकले जम्मा एक खेल जित्नु बाहेक अन्य सातै खेलाडी पहिलो चरणमा पराजित भए । नेपालका आठै खेलाडी इप्पोनका आधारमा पराजित भए ।


प्रकाशित मिति: ९ आश्विन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?