Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२९ मंसिर २०८२, सोमबार
२९ मंसिर २०८२, सोमबार

पाथीभरा आउने तीर्थयात्रीको गणना ‘सिसी क्यामेरा’बाट हुने


९ ,असोज ,फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीको गणना अबदेखि ‘सिसी क्यामेरा’बाट हुने भएको छ ।

यसका लागि यसस्थित ठूलो फेदीमा ‘हेडकाउन्टिङ सिसी क्यामेरा’ जडान समेत गरिएको छ । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले पाथीभरा मन्दिर परिसर र पाथीभरा दर्शनका लागि तीर्थयात्री बासस्थानको मुख्य आधार क्षेत्र माथिल्लो फेदीमा सिसी क्यामेरा जडान गरिएको बताए ।

उनले भने, “नियमित मोनिटरिङ फेदीस्थित प्रहरी चौकीबाट हुने छ । फेदीबाट फाइवर केवल तानेर पाथीभरा मन्दिर परिसरसम्म पुर्याइएको छ । फेदीमा फेस डिटेक्टिङ तथा हेड काउन्टिङ क्यामेरासमेत जडान गरिएको छ ।”

प्रविधिलाई प्राकृतिक प्रकोपबाट जोगाउने हरसम्भव उपायका उपकरणको प्रयोग गरेर यो प्रयास गरिएको छ । पाथीभरामा गरिएको यो पहिलो प्रयास भएको समितिले जनाएको छ ।

समितिले तीर्थालुको सुविधाका लागि आगामी शनिबारदेखि सुरु हुने गरी पाथिभरा मन्दिर परिसरमा चारवटा सिसी क्यामेरा जडान गरेको समिति अध्यक्ष रक्की थेपेले जानकारी दिए ।

उनका अुनसार मन्दिर प्रवेशद्वार ट्रष्टमा एक, मन्दिरभित्र बायाँ ढोकातर्फ देखिने एक, मन्दिरभित्र देखिने गरी एक, मन्दिरभित्र माताको शिर देखिने गरी एक क्यामेरा जडान भएको छ ।

त्यस्तै ठूलो फेदीमा कान्छी थान मन्दिर देखिने गरी एक सिसी क्यामेरा जडान गरिएको छ । ठूलो फेदी नजिकै प्रवेशद्वारमा तीर्थालुको सङ्ख्या गणना गर्ने गरी ‘हेडकाउन्टिङ क्यामेरा ’ राखिएको छ भने ठूलो फेदी बजार परिसरमा दुई गरी आठ सिसी क्यामेरा जडान भएको छ ।


प्रकाशित मिति: ९ आश्विन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?