Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

‘दिव्य शताब्दी पुरुष’ डा लाल दासलाई नागरिक अभिनन्दन गरिँदै


९ ,असोज ,काठमाडौँ । दिव्य शताब्दी पुरुष डा गौरीशङ्कर लाल दासलाई आज नागरिक अभिनन्दन गरिँदै छ ।

नेपालको चिकित्सा सेवा, नेपाल रेडक्रस सोसाइटी, मानवअधिकार, समाजसेवा, व्यावस्थापन, प्रशासन र सुशासनको क्षेत्रमा मुलुकलाई अतुलनीय योगदान पुर्याएको जनाउँदै उनलाई नागरिकस्तरबाट अभिनन्दन गर्न लागिएको हो ।

अभिनन्दन मूल समारोह समितिले दिएको जानकारी अनुसार आज दिउँसो २ः३० बजे राष्ट्रियसभा गृहमा आयोजना हुने समारोहमा डा दासलाई अभिनन्दन गरिने छ ।

समाजसेवी डा दासलाई नागरिकका तर्फबाट कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले अभिनन्दन गर्ने कार्यक्रम छ ।

दिव्य शताब्दी पुरुष डा गौरीशङ्कर लाल दास जन्म शताब्दी वर्ष मूल समारोह समितिका कोषाध्यक्ष मोहनमणि आचार्यका अनुसार नागरिकस्तरबाटै दिव्यपुरुष घोषणा गरिसकिएको हुनाले नागरिक अभिन्नदन गर्न लागिएको हो ।

सोही अवसरमा डा दासले विभिन्न कालखण्डमा लेख्नुभएका लेख रचनाको सङ्गालो पुस्तक पनि विमोचन गर्ने कार्यक्रम छ ।

वरिष्ठ छातीरोग विशेषज्ञ डा लाल दास हाल एक सय वर्षको उमेरमा पनि सामाजिक अभियन्ताको क्षेत्रमा सक्रिय छन् ।

विभिन्न स्वास्थ्य क्षेत्रमा योगदान गरी सेवानिवृत्त भएपछि पनि उहाँ अहिले पनि विभिन्न संस्थामा आबद्ध भएर सक्रियरूपमा सामाजिक अभियान्ताका रूपमा सेवामा समर्पित छन् ।

भारतको पटना विश्वविद्यालय र लण्डनको वेल्स नेसनल स्कुल अफ मेडिसिनबाट आफ्नो अध्ययन पूरा गर्नुभएका डा दासले वीर अस्पतालदेखि स्वास्थ्य सेवा आरम्भ गरेका थिए ।

उनले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै नागरिक अभिनन्दन गर्न लागिएको हो ।


प्रकाशित मिति: ९ आश्विन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?