काठमाडौं। गृह मन्त्रालयले सहकारी पीडितहरूको उजुरीमाथि छानबिन गरी कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ । उक्त गृहमन्त्री नारायणकाजी श्रेष्ठले गृहसचिव, मातहतका निकायसँग सहकारीका बचतकर्ताको गुनासो र उजुरीको बारेमा जानकारीसहित छलफल गरेका थिए । त्यसक्रममा कानुनबमोजिम कारबाही प्रक्रिया बढाउन निर्देशन दिएका हुन् । त्यस्तै गृह मन्त्रालयका अनुसार सहकारी पीडितका विषयमा कानुन कार्यान्वयनमा प्रहरी,
लुम्बिनी। बुटवल उपमहानगरपालिकालाई सफा, सुन्दर, हरियाली र उज्यालो सहर बनाउन विभिन्न योजना अगाडि बढाइएका छन् । बुटवल उपमहानगरपालिकाको बुधबारदेखि सुरु नगर सभाको १४औँ अधिवेशनको पहिलो बैठकमा नगरप्रमुख खेलराज पाण्डेले चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा पेश गर्दै विभिन्न योजना अगाडि बढाएको बताए । उनले चालु आवमा मोतीपुर र बेलबासमा १५–१५ श्ययाका
विराटनगर। संखुवासभाको मकालु गाउँपालिका-५ मा भीरबाट ट्याक्टर खस्दा चालकको मृत्यु भएको छ। उक्त दुर्घटनामा ट्याक्टर चालक स्थानीय २७ वर्षीय तीर्थबहादुर तामाङको घटनास्थलमै मृत्यु भएको हो । त्यसैगरि, को २ त ८२३९ नम्बरको ट्याक्टर मकालु-१ मा निर्माण भइरहेको पर्खालको लागि सिमेन्ट बोकेर जाने क्रममा वालुङको दिङसुमा भन्ने ठाउँमा भीरबाट करिब ३५
काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आज सुनको मूल्य तोलाको १ लाख २२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै, हिजो सुन तोलाको १ लाख २० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने आज तोलामै १ हजार ३
काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आजदेखि बस्दै छ । उक्त बैठक दिउँसो १ बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु हुने कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिएका छ्न् । सो बैठकमा मुख्यगरी मन्त्रीहरूका कामकारबाहीको समीक्षा गर्ने तयारी गरेको छ भने मन्त्रीहरूले आफूले गरेका कामबारे पनि पार्टीलाई जानकारी गराउनेछन्
काठमाडौं। भारतका तमिलनाडुमा प्रभाव रहेको ‘डीएमडीके’ राजनीतिक दलका प्रमुख एवं अभिनेता विजयकान्तको निधन भएको छ । कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित उनको बिहीबार चेन्नाइमा उपचारका क्रममा निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । कोभिड-१९ पोजेटिभ देखिएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो । ‘क्याप्टेन विजयकान्त निमोनियाको लागि भर्ना भएपछि भेन्टिलेटरमा राखिएको थियो
काठमाडौं। प्रधानमन्त्री कप महिला ट्वान्टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा सुदूरपश्चिम प्रदेशले कोसी प्रदेशलाई जीतका लागि एक सय १९ रनको लक्ष्य दिएको छ । त्यस्तै, कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै एक सय १८ रनको योगफल बनायो । सुदूरपश्चिमका लागि
जाजरकोट। जाजरकोटमा चिसोका कारण एक भूकम्प पीडित सुत्केरीको मृत्यु भएको छ । जिल्लाको कुशे गाउँपालिका ९, चौराठाकी २४ वर्षीया सुत्केरी कल्पना नेपालीको मृत्यु भएको हो । जाजरकोटमा गएको विनाशकारी भूकम्पपछि उनको परिवार त्रिपालमा बस्दै आएको थियो । त्यस्तै, कमजोर आर्थिक अवस्थाका कारण १७ मंसिरमा सुत्केरी भएकी उनलाई परिवारले उनलाई त्रिपालबाट
काठमाडौं। काठमाडौं-ल्हासा सिधा हवाई उडान सुरु भएको छ । हिमालयन एयरलाइन्सले आजदेखि काठमाडौंबाट लासा नियमित उडान सुरु गरेको हो । त्यस्तै, काठमाडौं-ल्हासा उडान उद्घाटन गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले चीन र नेपालको सम्बन्धमा नेपाल लासा सिधा हवाई उडान दोस्रो सेतुको रूपमा स्थापित भएको बताए । ‘सन् १९६५
काठमाडौं । भक्तपुरको नलिनचोकमा हेलिपोर्ट तयार भएको छ । हेलिपोर्टको अहिले मैदानको काम सम्पन्न भई परीक्षण उडान समेत सम्पन्न गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए । आर्थिक वर्ष २०७९/८० मा २५ करोड रूपैयाँ बजेट छुट्याएर यो हेलिपोर्टका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले काम थालेको थियो । हेलिपोर्टको